ताजा अपडेट »

रुपन्देहीमा अवैध रेडबुलसहित ९ लाख बढीको सामान बरामद

बुधबार, ०१ मंसिर २०७८, १६ : ५९
10 Shares

बुटवल । प्रहरीले रुपन्देहीबाट अवैध रेडबुलसहित ९ लाख ३२ हजार बढीको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका विभिन्न प्रहरी ईकाईहरुले पछिल्लो ३ दिनमा करिब ९ लाख ३२ हजार ९ सय ३५ रुपैयां बराबरको अवैध सामान बरामद गरेको हो ।

प्रहरीले सिद्धार्थनगर नगरपालिका– ६ सुगरमिलमा ५ लाख ७० हजार बराबरको अवैध रेडबुल बरामद गरेको छ । स्याङजाको वालिङ नगरपालिका वडा नं.२ स्थायी घरभई सिद्धार्थनगर– ४ बस्ने वर्ष ३३ को प्रकाश रेग्मीले भारतबाट अवैध रुपमा ल्याएको ९५ पेटी रेडबुल फेला प्रहरीले पारी मंगलबार बरामद गरेको हो । रेग्मीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले सोमबार मायादेबी गाउँपालिका– ८ बिश्वकर्मा मन्दिर स्थित भारतबाट अबैध रुपमा ल्याउदै गरेको लेडिज सेन्डल ५५ जोर, प्लाष्टिक डोरी १० बण्डल, पेन्ट २० लि, डेरी मिल्क ८ प्याकेट, कफी ५ प्याकेट, चाटुराम खजाना ३९ प्याकेट, किन्डर जोय ३ प्याकेट, सुईटर ४ पिस, लेगिज ४ पिस, चश्माको शिसा ८० पिसको दरले २५ प्याकेट, मिक्स आचार ५ के.जी.चिनि २०० के.जी गरी २ लाख ३ हजार १३५ बराबरको अवैध सामान बरामद गरेको छ ।

प्रहरीले आईतबार मायादेवि गाउँपालिका– ६ भन्सारचोक स्थित लु ३६ प ९९७८ नं को मोटरसाईकलमा भारतबाट अवैध रुपमा ल्याउदै गरेको ८५ हजार (मोटरसाईकलसहित) बराबरको ५ क्विन्टल चिनी फेला पारी बरामद गरिएको छ ।

प्रहरीले रुपन्देही सम्मरीमाई गाउँपालिका– २ मुडिलास्थित भारतबाट भन्सार छली चोरि, पैठारी गरि नेपाल तर्फ ल्याउदै गरेको साडी ३ पिस, रेडिमेट कुर्था सुरुवाल सेट ५३ पिस, कुर्था मात्र १५ पिस गरी ४४ हजार ३ सय बराबरको अवैध मालसामान फेला पारी बरामद गरेको छ ।
प्रहरीले सोमबार रोहिणी गाउँपालिका– ७ सेमरा स्थित भारतबाट अबैध रुपमा ल्याउँदै गरेको दश हजार ५ सय बराबरको अबैध चिनि फेला पारी बरामद गरिएको छ ।

यस्तै, प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुर स्थित भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको काठमा लगाउने पेन्ट(२७ लिटर, ११ वटा सानो तारपिन तेल र काठमा लगाउने धुलो पदार्थ) १ केजी गरी २० हजार बराबरको अवैध सामान फेला पारी बरामद गरिएको छ । बरामद गरिएका समानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।