ताजा अपडेट »

बेल्जियम युरो कपमा छनोट हुने पहिलो टोली

शुक्रबार, २४ असोज २०७६, ११ : २४
2 Shares

असोज २४,

बेल्जियम युरो कप २०२० को लागि छनोट हुने पहिलो टोली बनेको छ । गए राति भएको खेलमा बेल्जियमले सानमारिनोलाई ९–० ले हराउँदै समूह आई मा लगातार सातौं जित निकालेको हो । २१ अंक सहित बेल्जियम समूह शीर्ष स्थानमा छ ।

समूहको दोस्रो स्थानमा रहेको  रुसको १८ अंक र तेस्रो स्थानको साइप्रस को १० अंक छ । बेल्जियमको जितमा रोमेलु लुकाकुले २ गोल गरे । लुकाकुले २८ औं मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाए । ३१औं मिनेटमा नसार चाड्लीले गोल गर्दै अग्रता दोब्बर पारे । ३५औं मिनेटमा सानमारिनोका क्रिष्टियन ब्रोलीले आत्मघाती गोल गरे । लुकाकुले ४१ औं मिनेटमा अर्को गोल थपे । इन्जुरी समयमा 

युरी टाइलमेनले गोल गरेपछि पहिलो हाफमा बेल्जियम ६-० ले अगाडि रह्यो । टोलीले दोस्रो हाफमा ३ गोल थप्यो ।७९ औं मिनेटमा क्रिष्टिन बेनटेकले गोल गरे । ८४ औं मिनेटमा यारी भर्सेकेनले पेनाल्टीमा गोल गरे  । अन्तिम मिनेटमा टिमोटीले टोलीका नवौं गोल गरे । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।