ताजा अपडेट »

पूर्वयुवराज पारसको स्वास्थ्यमा अझै सुधार भएन

मंगलबार, १५ माघ २०७५, ०४ : १५
6 Shares

माघ १५,

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छैन । एक्कासी हृदयघात भएपछि उनलाई सोमबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरूले मुटुको ब्लकेज खोलिएको बताएपनि स्वास्थ्य अबस्थामा सुधार आउन सकेको छैन ।


उनको अवस्था स्थिर र गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् । ललितपुरको मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गर्ने क्रममा अप्ठ्यारो भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।


तीन पटक हृदयघात भइसकेका पारसले बिगत एक बर्षदेखि कुनैपनि औषधी सेवन गरेका थिएनन् । मुटु रोगसम्बन्धी औषधी सेवन नगरेकोले समस्या बल्झिएको चिकित्सकहरुले बताएका छन् । सन् २००८ मा पारसको दायाँ कोरोनरी धमनीमा ब्लकेज भएपछि एन्जिओप्लास्टी गरेर ब्लकेज खोली स्टेन्ट हालिएको थियो । उनको स्वास्थ्य अबस्थालाई सुधारमा ल्याउन चिकित्सकहरुको टोली खट्टिएको छ तरपनि सुधार आउन सकेको छैन ।


सोमबार दिउँसो अस्पताल ल्याउँदा पारसको एलएडी ब्लकेज थियो। जसमा सन् २०१५ मा पनि बन्द भएपछि स्टेन्ट हालिएको थियो। अस्पताल ल्याउँदा पारसको मुटुको इजेक्सन फ्र्याक्सन मुटुले रगत पम्प गर्ने मात्रा १५ प्रतिशत मात्र थियो। सामान्य अवस्थामा यो ६० देखि ७० प्रतिशतसम्म हुन्छ । ब्लकेज खुलाएपछि पम्प गर्ने क्षमता २५ प्रतिशतमा पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।