ताजा अपडेट »

अन्तर्राष्ट्रिय विमानस्थल निजगढ मैं बन्छ : अध्यक्ष नेपाल

बुधबार, १७ कार्तिक २०७८, ०९ : २३
6 Shares

बारा । विकासका गतिलाई जालझेल गरेर रोक्न नहुने नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् । पार्टीका शुभचिन्तक, नेता र पत्रकारहरुले राखेका जिज्ञासाहरुलाई प्रष्ट पादै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ मैं बन्नेमा ढुक्क हुन उनले आग्रह गरेका हुन् ।

आफु सरकारमा हुँदा यस विमानस्थल निर्माणको कुरालाई जोडदार ढंङ्गले उठाएको र कामको थालनी समेत भएको बताउँदै उनले विभिन्न नाउ वा बाहानामा यस्ता राष्ट्रिय गौरवको आयोजनालाई विवादित बनाउन नहुने बताए ।उनले मुलुकको विकासको गतिलाई दशकौं वर्ष पछि धकेल्न सक्ने भन्दै उनले राष्ट्रपति कार्यालय परिसरमा निर्माण भएको हेलिप्याडको विरोध गर्दै भने भोली प्रधानन्याधिशले अदालत परिसरमा पनि हेलिप्याड बनाउँनु पर्यो भनेर भने, के ? बनाई दिने त ? प्रति प्रश्न गर्दै उनले यस्ता कार्यको सबैले खुलेर विरोध गर्नु पर्ने समेत बताएका छन् ।

प्राविधिक टोलीको छनौंटका कारण पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँन उपयुक्त हुँने निश्कर्षका साथ सरकारले विमानस्थल निर्माणका लागि चार किल्ला घेर्ने, तटबन्ध गर्ने लगायतका कामको थालनी भई रहे पनि मुख्य काममा ढिलाई भई रहेको प्रति उनले चिन्ता जाहेर गरे । 

हामी आफ्नों तर्फबाट छिटो भन्दा छिटो विमानस्थल बनाउनु पर्छ भनेर लागि परि रहेका छौं । अब, यहाँ स्थानीयहरु पनि जागरुक हुँनु पर्ने उनको भनाई रहेको छ ।ओली सरकारको पालामा यहाँ बन्नु पर्ने विमानस्थलका लागि बजेट समेत नपार्नुले ओली सरकारको विकास गर्ने नाटक पर्दाफास भएको बताउँदै उनले पानी जहाज, रेलमार्गको कुरा उठाएर र जनताको बस्ती नैं उजाड बनाउँन तर्फ अग्रसर भएको अध्यक्ष नेपालले आरोप लगाए ।विदेशमा १ वर्ष देखि ३ वर्ष भित्र अन्तर्राष्ट्रिय स्तरका विमानस्थल निर्माण सम्पन्न हुँने हाम्रो देशमा किन नहुँने । पक्कै पनि यहाँ पनि निर्माण गर्न सकिन्छ ।   जसका लागि सकारात्मक चिन्तन, सोच र भित्री ईच्छा हुँनु पर्छ र त्यस्ता निर्माण कम्पनीलाई निर्माण गर्न दिईनु पर्दछ । उनले भने ।

कहाँ कसरी विकासका संरचना तयार गर्ने कुँनै राजनीतिक दबावमा नपरी प्राविधिकहरुले उचित कार्य गर्न समेत आफ्नों सुझाव रहँदै आई रहेको उनले बताए ।यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र दु्रतमार्ग निर्माण भए पछि निजगढ र नेपालको मात्रै होईन । एशियासँगै विश्व भर नाम फैलिने जसले गर्दा समग्र देश कै नाम रहने समेत बताए ।केपी ओलीको दम्भ, घमण्डका कारण एमाले धरासायी हुँदै गई रहेको भन्दै उनले ओलीको कार्य शैलीले कम्युनिष्टहरुलाई नैं बदनाम गरेकाले आँफुहरुले विद्रोह गरि नयाँ पार्टी निर्माण गरेको बताए । 

अध्यक्ष नेपालले देश भर यस पार्टी निर्माणले उत्साह थपिएको र कम्युनिष्ट भन्नेहरुले गौरव गर्न पाएको सुनाए । शहिद हिरालाल पार्कको थप विकासका लागि पहल गरि दिन भन्दै सो पार्क विकास समितिका अध्यक्ष रमेश अर्यालले अध्यक्ष नेपाललाई ज्ञापन पत्र समेत बुझाएका थिए । सो भेटघाट कार्यक्रममा नेकपा एस केन्द्रीय सचिव नागेन्द्र चौधरी, पोलोटब्यूरो सदस्य सरला यादव, केन्द्रिय सदस्य रामकुमार भट्टराई, केन्द्रिय सदस्य एवंम् बारा जिल्ला संयोजक छविलाल उप्रेती, नेता सुदर्शन बडाल, जगत बहादुर न्यौपाने, पवन विक, अनिल भण्डारी, भिमसेन सापकोटा, दिपक सापकोटा, खम बहादुर श्रेष्ठ, जीतलाल श्रेष्ठ लगायतको सहभागिता थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।