२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

नेपालगञ्ज। नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको  सिता एअरको जहाजसँग तीन वटा बदेल ठोक्किएका छन् ।बँदेल ठोक्किदा ठूलो दुर्घटना हुनबाट जहाज जोगिएको छ भने ठोक्किएका बदेल टुक्रा टुक्रा भएका छन् ।नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान करिव ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार उक्त जहाज हुम्लाका लागि उड्ने तयारीमा थियो ।

धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो अनुभुती भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए ।
जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बदेल टुक्रा टुक्रा परेको अवस्थामा फेला परेको प्रमुख झाले बताए। बदेलको शरीरका भाग धावन मार्गभरी छरिएका कारण केहीबेर नेपालगन्ज बिमानस्थलको उडान बन्द गरिएको थियो ।

अहिले विमानस्थलको धावन मार्गमा रहेको रगत पखाल्ने काम भइरहेको त्यहाँ खटिएका एक सुरक्षाकर्मीले बताए । उक्त जहाजलाई अहिले पार्किङ गरेर राखिएको छ, भने यात्रु आफ्नो घरतिर लागेको झाले बताए। विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेला बेलामा बदेल जहाजसँग ठोक्किने घटना हुँदै आएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु कार्यकर्तालाई निर्वाचनमा होमिन नेकपा एकिकृतको आग्रह प्यूठान जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो रोट्रयाक्ट क्लब अफ कोटिहवाद्वारा निःशुल्क शिविर, करिब ४ सय जनाले लिए सेवा राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो