ताजा अपडेट »

लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा

मंगलबार, १६ कार्तिक २०७८, ०७ : ३०

काठमाडौं । लगातार चौथो जितसँगै इंग्ल्यान्ड टी-ट्वाण्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति सुपर-१२ को समूह-१ मा रहेको श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलमा यात्रा तय गरेको हो ।

जितका लागि  १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १३७ रनमा अल आउट भएको थियो । श्रीलंकाका वानिन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए । भानुका राजपक्षे र दासुन शनाका समान २६ रनको योगदान दिए ।इंग्ल्यान्डका आदिल राशिद, क्रिस जोर्डन र  मोईन अलीले  २-२ विकेट लिए ।

यसअघि शारजाहमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जस बटलरले  १०१ रनको अविजित शतकीय इनिङ खेले । ओईन मोर्गनले  ४० रनको योगदान दिए  ।श्रीलंका स्पिनर वानिन्दु हसरंगाले  ३ विकेट लिए ।यसअघि  इंग्ल्यान्डले वेस्टइन्डिज, बंगलादेश र अष्ट्रेलियालाई पराजित गरेको थियो ।

सुपर -१२ को समूह -१ मा इंग्ल्यान्ड ४ खेलमा ४  जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ । अष्ट्रेलिया दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका तेस्रो स्थानमा रहँदा श्रीलंका चौथो स्थानमा छ । वेस्टइन्डिज पाँचौ स्थानमा रहँदा बंगलादेश अंक तालिकाकाे पुछारमा छ ।

समूह- २ मा पाकिस्तान ३ खेलमा ३  जितका साथ शीर्ष स्थानमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।