२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

विराटनगर । एमालेका अध्यक्ष केपी ओलीले प्रधानन्याधीश सुशीला कार्कीको पालादेखि नै सर्वोच्च अदालत विवादित बनेको आरोप लगाएका छन् । ‘सुशीला कार्कीजीले पहिला नै संविधानको बर्खिलाफ गर्नुभएको छ’,  ओलीले भने । सविधानको धारा २७ को २ मा एक सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यवस्था उल्लेख गरिएको छ । त्यो इजलासमा प्रधानन्यायाधीश र न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीशले तोकेका चारजना न्यायाधीशसमेत पाँचजना रहने व्यवस्था रहे पनि कार्कीले आफ्नो इच्छाअनुसार संवैधानिक इजलास बनाएको ओलीको आरोप छ । 

Advertisement

मोरङको विराटनगरमा मंगलबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा ओलीले अहिले मात्रै होइन सुशीला कार्कीको पालादेखि नै  सर्वोच्च अदालतले राजनीति गरेको आरोप लगाए । अहिलेका प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले एमाले सर्वाेच्च अदालत अशोभनीय गुटबन्दीमा नफस्ने बताए । कसैको पक्ष र विपक्षमा एमाले नलाग्ने उनको भनाइ छ । 

बाहिर सेटिङ देखिने गरे पनि अहिले भित्र नै देखिएको ओलीको भनाइ छ । अदातलत लोकतन्त्रको एक स्तम्भ भएकाले यसको गरिमा राख्नुपर्ने उनले बताए । गठबन्धनको  काम सिस्टममा प्रहार गर्ने मात्र भएको उनको भनाइ छ । माधव नेपालप्रति प्रहार संकेत गर्दै उनले सिस्टममाथि प्रहार गर्ने सानो जमात रहेको बताए । उनले यो सरकारको किचलो केही पाकोस् भनेर हेरेको बताए । केही समयअघि मात्र ओलीले एमालेले चाहेमा एक हप्तामा सरकार ढाल्ने बताएका थिए । 

अहिलेको सरकार असफल भएको ओलीको टिप्पणी छ । तीन महिनासम्म सरकार बनाउन विस्तार गर्न नसक्ने सरकार फेल भएको उनको भनाइ छ । सभामुखप्रति कटाक्ष गर्दै उनले एमाले सरकारमा हँदा एक मिनेट कोही संसदमा उभिए संसद् रोकिए पनि अहिले प्रतिपक्ष दलको विरोध हुँदा बैठक चलेको बताए । उनले अर्ली इलेक्सनकाे विकल्प नभएकोसमेत बताए । 

प्रतिकृया दिनुहोस्

Flash News

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै