ताजा अपडेट »

राष्ट्रिय सभाका कुन कुन २० सांसदको पदावधि फागुन २० मा सकिदै छ ?

मंगलबार, ०९ कार्तिक २०७८, ०६ : ४९
46 Shares

काठमाडौँ । राष्ट्रिय सभाका २० सांसदको पदावधि आगामी फागुन २० मा सकिने भएको छ ।पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । संविधानको धारा ८६ मा राष्ट्रिसभा गठनसम्बन्धी व्यवस्थामा राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुनेछ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ भने एक तिहाईको पदावधि चार बर्ष हुने व्यवस्था रहेको छ । 

जसअनुसार २० जना सांसदको चार वर्षे कार्यकाल फागुन २० मा सकिन लागेको हो । नेकपा एमालेका ८, माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका ४ र नेपाली काँग्रेसका ३ जना सांसदको राष्ट्रियसभा सदस्यको पदावधि सकिन लागेको हो ।चार बर्षे कार्यकाल सकिन लागेका एमालेका नैनकला ओझा, परशुराम मेघी गुरुङ, अगम प्रसाद वान्तावा, चक्रप्रसाद स्नेही, सुमनराज प्याकुरेल , कोमल वली , रामलखन चमार र कविता बोगटी रहेका छन् । 

यस्तै माओवादी केन्द्रका शशीकला दाहाल ४ वर्ष (राष्ट्रिय सभा उपाध्यक्ष), खिमकुमार विक, दिनानाथ शर्मा  (दलको नेता) जीवन बुढा र रामनारायण विडारी (मनोनित) को पदावधि सकिन लागेको छ । त्यस्तै नवगठित नेकपा (एकीकृत समाजवादी) उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, शेरबहादुर कुवँर र खगेन्द्र प्रकाश पुरीको चार वर्षे कार्यकाल सकिदै छ ।

त्यसैगरी नेपाली काँग्रेसका राधेश्याम अधिकारी (दलको नेता), दृघनारायण पाण्डे र तारादेवी भट्टको पनि पदावधि सकिँदैछ ।दुई वर्ष पदावधिको चिट्ठा परेका १९ जना सांसद ०७६ मा बिदा भएका थिए । उनीहरुको ठाउँमा ६ वर्षका लागि १९ जना निर्वाचित भएर आएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।