ताजा अपडेट »

संसारकै सबैभन्दा ठूलो डाइनोसोर प्रजातिको अवशेष ९३ करोडमा बिक्री

शुक्रबार, ०५ कार्तिक २०७८, ०९ : १२
2 Shares

काठमाडौं । अहिलेसम्म फेला परेको ६.५ करोड वर्ष पुरानो संसारको सबैभन्दा ठूलो डाइनोसोर प्रजाति (ट्राइसेरेटप्स)को अवशेष ७.७ मिलियन अमेरिकी डलर (करिब ९३ करोड रुपैयाँ)मा बेचिएको छ । स्नेहसाथ ‘बिग जोन’ नाम दिइएको उक्त अवशेष सुरुमा करिब १.७ मिलियन अमेरिकी डलर (१.५ युरो) मा लिलामीमा राखिए पनि त्यसभन्दा बढी मूल्यमा बेचिएको हो ।  

फ्रान्सको पेरिसस्थित ‘ड्रोउट अक्सन हाउस’मा बिहीबार दिउँसो कारोबार भएको थियो, जहाँ ‘बिग जोन’लाई अन्य संकलित अवशेष, उल्कापिण्ड र अन्य प्राकृतिक इतिहास झल्काउने कलाकृतिसँगै राखिएको थियो ।

उत्खननपछि माटोले पुरिएको उक्त डाइनोसरको अवशेष इटालीमा सुरक्षित रूपमा संगृहित गरिएको थियो, जहाँ पुरातत्वविद्ले यसको वास्तविक आकार पत्ता लगाएका थिए । करिब ९ फिट लामो खप्पर तथा साढे ६ फिट चौडाइ रहेको ‘बिग जोन’को अस्थिपञ्जर अझै ६० प्रतिशतभन्दा बढी दुरुस्त छ ।

युकेको नेचर हिस्ट्री म्युजियमका अनुसार ट्राइसेराटप्स खप्पर उद्विकासका क्रममा भएको प्राप्ति हो र यो उभयचरमध्ये अनाैँठो पनि हो ।यद्यपि, ‘बिग जोन’को बिक्रीबाट सबैजना उत्साहित हुने स्थिति चाहिँ छैन । यसअघि, सन् २०२० सेप्टेम्बरमा टिरानोसरस रेक्स (स्टान) अवशेष अघिल्ला कीर्तिमान तोड्दै ३१.८ मिलियन अमेरिकी डलर (करिब साढे तीन अबै रुपैयाँ) मा बिक्री गरिएको थियो । यसप्रति सोसाइटी अफ भर्टेब्रेट प्यालेन्टोलोजी (एसभिपी) अक्सन हाउसमा विशेष चासो देखाएको थियो ।

‘अवशेषका नमूना निजी व्यक्तिलाई बेच्नु भनेको सम्भवतः विज्ञानका लागि नोक्सानी हो,’ एसभिपीले भनेको छ, ‘यदि वैज्ञानिकलाई अध्ययनका लागि पहुँच दिइए पनि निजी स्वामित्वमा रहेको नमूनाको सूचनाको दायरा सीमित हुन्छ र भविष्यमा अन्य अनुसन्धाताले यस्तो पहुँच पाउँछन् भन्ने कुनै ग्यारेन्टी हुँदैन ।  तसर्थ, वैज्ञानिक दाबीलाई प्रमाणीकरण गर्न मुस्किल पर्छ ।’ -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।