ताजा अपडेट »

प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै

विहीबार, ०४ कार्तिक २०७८, ०८ : ४२
4 Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहीबार कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा जाँदैछन् । उनी काठमाडौंबाट सुर्खेत जानेछन् । सुर्खेतबाट दिपायल जाने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायरलाई लिएर निरीक्षणमा जान लागेका हुन् । त्यस क्रममा देउवाले डाेटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हवाइ निरीक्षण गर्नेछन् ।

मनसुनपछिको वर्षासँगैको बाढीपहिरोले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा क्षति पुगेको छ । सुदूरपश्चिम प्रधानमन्त्री देउवाको गृह प्रदेश पनि हो । देउवा भोलि शुक्रबार मात्र काठमाडौं फर्कनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।