१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

काठमाडौं । बलिउडलाई हलिउडपछिको ठूलो फिल्म उद्योग भनिन्छ । यहाँ बन्ने फिल्मको संख्या र कलाकारहरू स्टारडम लोभलाग्दो छ । बलिउड कलाकारका फ्यान विश्वभर छन् । जति ठूलो बलिउड छ, त्यहाँका कलाकारले बोलेको विषयको चर्चा पनि त्यति नै ठूलो हुन्छ ।

Advertisement

बलिउडमा केही कलाकार यस्ता पनि छन्, जो आफूले बोलेकै कारण विवादमा तानिएका छन् । बलिउडका कलाकारलाई यदि कुरा गर्नुछैन भने उनीहरू ‘नो कमेन्ट्स’ भनेर पन्छिन्छन् । तर, कहिलेकाहीँ यस्ता कुरा भनिदिन्छन्, जो विवादको कारण बन्न पुग्छ ।

पछिल्लो समय बलिउडमा ठीकठाक समय नरहेका कलाकार हुन् शाहरुख खान । किंग खानको उपनाम पाएका शाहरुख यतिबेला जटिल अवस्थाबाट गुज्रिरहेका छन् । यिनै शाहरुखले एकपटक ‘म पोर्नस्टार बन्न चाहन्छु’ भनेका थिए । एक अन्तर्वार्तामा उनले यस्तो भनेका हुन् । उनले पोर्नस्टार बन्न मिहिनेत लाग्नेसमेत बताए । यसो भनिरहँदा उनले आफ्नो मजाक आफैँ उडाएका थिए । तर, उनको यो बयानले बलिउडमा हंगामा भयो । केही समयपछि शाहरुखले आफूलाई ‘गिल्टी’ फिल पनि भएको बताएका थिए ।

शाहरुखसँग सम्बन्ध टाढा हुनेमा पर्छन् बलिउडका मिस्टर पर्फेक्ट आमिर खान । यिनै आमिरले एकपटक आफ्नो कुकुरको नाम शाहरुख रहेको बताएका थिए । त्यतिबेला बलिउडमा निकै हंगामा भएको थियो । ‘शाहरुख मेरो खुट्टा चाटिरहेको छ । म उसलाई बिस्कुट खुवाइरहेको छु । मलाई योभन्दा बढी के चाहियो ? तपाईंहरूले यसबारे कुनै कमेन्ट गर्नुअघि नै बताउन चाहन्छु शाहरुख मेरो कुुकुरको नाम हो ।’ आमिरले ठट्टा गर्दै सामाजिक सञ्जालमा लेखे पनि यसले शाहरुखसँगको दुश्मनी बढाउने काम गर्‍याे । आमिरले पनि यो शाहरुखलाई नै इंगित गरेका थिए ।

शाहरुख र आमिरपछि अर्का खान अर्थात् सलमानले विवाद ननिम्त्याउने कुरै भएन । बलिउडमा भाइजान भनेर चिनिने सलमान निकै विवादमा तानिने गर्छन् । यिनै सलमानले एकपटक ऋतिक रोशन र ऐश्वर्या रायमाथि व्यंग्य गरेका थिए । सञ्जयलीला भन्साली निर्देशित गुजारिस फिल्म रिलिज हुँदा उनले ‘कुकुर पनि फिल्म हेर्न गएन’ भन्ने भनाइ एक अन्तर्वार्तामा दिएका थिए । सञ्जयसँग दोस्रो फिल्मदेखि टाढिएका सलमानले ऐश्वर्या भएपछि नबोल्ने कुरै भएन । त्यसपछि ऋतिकसँग पनि सलमानको दूरी बढ्यो । किनकि फिल्म फ्लप भए पनि यसलाई फिल्मकर्मीले रुचाएका थिए । फिल्मले उठाएको मुद्दा र ऋतिकले गरेको अभिनय प्रशंसा यतिबेला पनि हुने गरेको छ । 

बलिउडका कवीर सिंह अर्थात् शाहिद कपुर पनि विवादमा तानिने गर्छन् । आफ्नो स्टारडमलाई फेरि एकपटक व्यूँताएका शाहिद कुनै समय बलिउडकी चमेली अर्थात् करीना कपुरको प्रेममा थिए । प्रेम पछि ब्रेकअपमा परिणत भयो । त्यसबेला यी दुईको फिल्म ‘जव वी मिट’ हिट भयो । त्यसपछि शाहिदलाई प्रश्न तेर्सियो- ‘अब करिनासँग काम गर्ने कि नाइँ ?’ उनले जवाफ दिए- ‘निर्देशक भन्छन् भने म गाईभैँसीसँग पनि काम गर्न तयार छु।’ त्यसले करिनासँग शाहिदको दूरी झनै बढ्यो । 

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु