ताजा अपडेट »

लेइपजिंगविरुद्ध पिएसजी विजयी, मेसीको दुई गोल

बुधबार, ०३ कार्तिक २०७८, ०१ : १४
4 Shares

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले जर्मनी क्लब आरबि लेइपजिंगविरुद्ध जित निकालेको छ ।गएराती सम्पन्न खेलमा पिएसजीले लेइपजिंगलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।पिएसजीको जितमा लियोनेल मेसीले २ गोल गरे भने किलियन एम्बाप्पेले एक गोल गरेका थिए ।

खेलको नवौ मिनेटमा एम्बाप्पेको गोलमा पिएसजीले अग्रता लिएको थियो भने खेलको ६७औँ र ७४औँ मिनेटमा मेसीले गोल गरेका थिए । खेलको ९४औं मिनेटमा पिएसजीले पाएको पेनाल्टी एम्बाप्पेले मिस गरेका थिए ।

त्यस्तै लेइपजिंगका लागि आन्द्रे सिल्भा र नोर्डी मुकेइएलेले एक एक गोल गरेका थिए । लेइपजिंगका लागि सिल्भाले खेलको २८औं मिनेटमा गोल गरेका थिए भने मुकेइएलेले खेलको ५७औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

यो जितपछि समुह ए मा रहेको पिएसजीको ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।त्यस्तै आरबी लेइपजिंगले भने आफ्ना तिनै खेलमा हार बेहोरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।