१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

जाजरकोट । दसैं र तिहारको बीचमा डोल्पाकोे फोक्सुण्डो घुम्न जाने पर्यटकलाई सास्ती भएको छ । स्थलमार्ग, हवाइ मार्गमार्फत डोल्पामा घुम्न जाने पर्यटकलाई मौसममा आएको खराबीले समस्या ल्याएको डोल्पाको जुफाल विमानस्थलस्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताए ।

दुई दिनदेखि हवाइ रुटमा मौसम खराब भएकाले बीच बाटोबाट फर्कनु परेको समिट एयरका स्टेशन म्यानेजर पूर्णजंग शाहीले बताए । दिनमा चार भन्दा बढी उडान पर्यटक लाई लिएर नेपालगन्जबाट डोल्पा जाने गरेको उनले बताए । अहिले आन्तरिक तथा बाह्य पर्यटकका कारण होटलहरू भरीभराउ भएका छन् । स्थलमार्गबाट डोल्पा पुग्ने पर्यटकको मुख्य रोजाइ शे–फोक्सुण्डो, जुफाल र उपल्लो डोल्पाको विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू हुन् । 

दैनिक ४० भन्दा बढी पर्यटकहरूलाई होटलमा व्यवस्थापन गर्दै आएको सञ्चालक डाँगीले बताए । यो सिजन डोल्पा घुम्ने सबै भन्दा उत्कृष्ट बेला हो । कोभिडका कारण अघिल्लो वर्ष रोकिएको फोक्सुण्डो लगायतका ठाउँको यात्रा यो वर्ष फस्टाएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज, सुलिगाडले दिएको जानकारी अनुसार दिनमा एक सयभन्दा बढी पर्यटक फोक्सुण्डो तालतर्फ गइरहेका छन् । यस क्षेत्रमा मंसिरदेखि हिमपात सुरु हुन्छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु