१ कार्तिक २०७८, सोमबार

Oct 18, 2021

काठमाडौं । भैरहवा ग्लाडियर्टसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा फाइनल प्रवेशका लागि पोखरा राईनोजसँग खेल्ने भएको छ । 

Advertisement

बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा काठमाडौं किंग्स–११ लाई १६ रनले पराजित गरेसँगै भैरहवाले पोखरासँगको भेट पक्का गरेको हो । 

विहान भएको पहिलो क्वालिफायरमा पोखरा चितवन टाईगर्ससँग ९ विकेटले पराजित हुँदा इलिमिनेटरमार्फत फाइनल पुग्ने मौका पाएको थियो । 

१८८ रनको विजयी लक्ष्यसहित ब्याटिङमा आएको काठमाडौं २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रनमा रोकिएपछि भैरहवा १६ रनले विजयी भएको हो । 

काठमाडौंको लागि ओपनिङ ब्याटर असान प्रियन्जन सर्वाधिक ६८ रन बनाए । ४८ बल खेलेका असानले ५ चौका र ४ छक्का प्रहार गरेका थिए ।

यस्तै जनक प्रकाशले २८, अमित श्रेष्ठले १९, विकेट किपर राजु रिजालले १० रनको योगदान गर्दा कप्तान सन्दीप लामिछानेले ६ रन बनाए । 

भैरहवाको दुर्गेस गुप्ताले सर्वाधिक २ विकेट लिए । यस्तै धमिका प्रसाद, कुशल मल्ल, कृष्ण कार्की र आरिफ शेषले समान १ विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ गरेको भैरहवाको लागि कप्तान शरद भेषावकरले सर्वाधिक ४९ रन बनाए । सर्वाधिक चाडो अर्धशतक बनाउने खेलाडीको कीर्तिमानबाट चुकेका शरदले बिष्फोटक ब्याटिङ गर्दै २० बलमा ७ चौका र ३ छक्का हिर्काएका थिए । भैरहवाको लागि प्रदीप ऐरीले ३९, कुशल मल्लले ३२ तथा मोहमद आरिफ शेखले १५ रनको योगदान गरे । 

टस हारेर बलिङ गरेको काठमाडौंको लागि कप्तान सन्दीप लामिछाने र असान प्रियन्जनले सर्वाधिक २/२ विकेट लिए । अन्तिम ओभरमा कप्तान सन्दीपले ३ रन खर्चेर २ विकेट लिएका थिए । सोही ओभरमा एक रनआउट पनि भएको थियो । यस्तै जितेन्द्र मुखिया, शेर मल्ल र जनक प्रकाशले समान १ विकेट लिए ।

भैरहवा लिग चरणबाट तेस्रो तथा काठमाडौं चौथो हुँदै इलिमिनेटरमा आइपुगेका हुन् । यो खेलको विजेताले पहिलो क्वालिफायरको पराजित टोली पोखरा राइनोजसँग भोलि फाइनल प्रवेशका लागि खेल्ने छ । 

विहान भएको पहिलो क्वालिफायरमा पोखरालाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स फाइनलमा पुगिसकेको छ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीको समृद्धिका लागि सदैब प्रयत्नशिल रहनेछु : गृहमन्त्री खाँण बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो भित्र्याउने बेलाको रुपन्देहीको धानबालीमा वर्षाले क्षति, क्षतिको विवरण आउन बाँकी जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने प्रकृतिसँग रमाउन सिद्धबाबाधाम मनकामनामा बस दुर्घटना : ३० घाइते, १० को अवस्था गम्भीर बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस सुविधा मात्रै लिएर बित्यो चार वर्ष, भूमिकाविहीन जिसस अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी १ कर्मचारी श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो,श्रीमती गम्भिर घाइते रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली पानीले खर कुहिएपछि किसान मर्कामा हिमाली भेगमा यसरी हुँदैछ बलिवुड चलचित्र उँचाईको छायांकन टी-ट्वान्टी विश्वकपमा आज पनि दुई खेल सुकाएको खर पानीले कुहिएपछि किसान मर्कामा