ताजा अपडेट »

२७ सय वर्ष पुरानो शौचालय फेला, पुरातत्वविद् भन्छन्- प्राचीन कालका मानिस सौखिन

बुधबार, २० असोज २०७८, १० : ४२
2 Shares

एजेन्सी । जेरूसेलममा पुरातत्वविद्हरुले २७ सय वर्ष पुरानो शौचालय फेला पारेका छन् । शौचालय फेला पारेसँगै प्राचीन समयका केही तथ्या उजागर भएका छन् । प्राचीन कालमा निजी शौचालय सुविधा सम्पन्न हुने गरेको पुरातत्वविद्ले अनुमान गरेका छन् । 

चिल्लो दर्शन ढुंगामा वर्गाकारमा कलात्मक ढंगले बनाइएको शौचालय भेटिनुले पुरानो सहरको वास्तुकला झल्किएको इजरायलको पुरातत्व प्राधिकरणले जनाएको छ । वर्गाकार ढुंगाको मध्य भागमा गहिरो प्वाल पारेर त्यसमुनि सेफ्टी ट्यांकी बनाइएको अवस्थामा पुरानो शौचालय भेटिएको थियो । 

‘क्यूबिकल आकारको निजी शौचालय प्राचीन कालमा निकै दुर्लभ मानिन्छ । यदाकदा त्यस्ता शौचालय उत्खनन्का क्रममा भेटिन्छन्,’ उत्खनन् टोलीका निर्देशक याकोभ विलिङले भने । धनी व्यक्तिले मात्रा त्यस्ता शौचालय राख्न सक्ने उनको भनाई छ । आफ्नो टेबुलनजिकै शौचालय हुनु भनेको त्यतिबेलाको धनाढ्य व्यक्ति भन्ने बुझिन्थ्यो । 

सेफ्टी ट्यांकभित्र हड्डी र माटोका भाँडाकुँडा भेटिनुले त्यतिबेलाको जीवन शैली र मानिसहरूको पोषणको अवस्थासमेत  उजार गरेको पुरातत्व निकायका अधिकारीहरूले जनाएका छन् । प्राचीन कालमा मानिसहरूले घरनजिकै वगैंचा र फलफूलका बिरुवा रोप्ने गरेको पनि अध्ययनमा देखिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।