ताजा अपडेट »

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्याे...

विहीबार, ३१ भदौ २०७८, ०९ : ११
8 Shares

महाराष्ट्र । भारतको एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको हो । बालिकाको एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खरतामुक्त रहेको बताइन्छ । 

बालिकालाई कोब्राले घाँटीमा बेरेको भिडियो सामाजिक सञ्जालमा भाईरल  भएको छ । भिडियोमा पुर्भा गडकरीलाई उनको घरभित्र बेडमा कोब्राले बेरेको देखिन्छ । कोब्राले बेरेपछि त्रसित बालिका बेडमा छटपटिएको देखिन्छिन् । 

कोब्रालाई थप उत्जेति हुनबाट रोक्न सर्प पक्डने व्यक्ति नआउन्जेल बालिकालाई नचलि बस्न अभिभावकले सुझाएको भिडियोमा सुन्न सकिन्छ । सुझाबअनुसार बालिका झन्डै दुई घन्टासम्म  सुतेको देखिन्छ । अन्त्यमा सर्प आफै बालिकाको घाँटीबाट चिप्लिएर खसेपछि उनको पाखुरामा टोकेको थियो । कोब्राले छोडेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।