ताजा अपडेट »

कपिलवस्तुमा ९ वर्षीया बालिकामाथि जवरजस्ती करणीको आरोपमा भारतीय नागरिक पक्राउ

विहीबार, २४ भदौ २०७८, १५ : १९
6 Shares

कपिलवस्तु । कपिलवस्तुमा ९ वर्षीया बालिकालाई जवरजस्ती करणीको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तरप्रदेश घर भई हाल शिवराज नगरपालिका ५ डिहवा बस्ने अन्दाजी ४० वर्षीय नविन हुसेन अन्सारीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक शंकर आचार्यले बताए ।

अन्सारीले ती बालिकालाई भदौ २१ गते राती पैसा दिने प्रलोभनमा पारी जवरजस्ती करणी गरेको पीडित परिवारको भनाई छ । अन्सारी १२ वर्षदेखि चन्द्रौटा क्षेत्रमा बस्दै आएका थिए । थप अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।