ताजा अपडेट »

अब डिम्ब, शुक्रकीट र भ्रुणलाई ५५ वर्षसम्म शीतभण्डारण गर्न सकिने

मंगलबार, २२ भदौ २०७८, ०९ : २१
112 Shares
मंगलबार, २२ भदौ २०७८
112 Shares

बेलायतमा मानिसको डिम्ब, शुक्रकीट र भ्रुणलाई ५५ वर्षसम्म शीतभण्डारण गर्न सकिने कानून ल्याइने भएको छ। दश वर्षसम्म भण्डारण गर्न मिल्ने विद्यमान कानूनलाई सरकारले संशोधन गर्न लागेको हो। नयाँ कानूनले सर्वसाधारणलाइ आफ्नो परिवार कहिले सुरू गर्ने भन्ने विकल्प दिनेछ। कानूनलाई संसदले अनुमोदन गर्नुपर्छ।नयाँ व्यवस्थाअनुसार भावी आमाबुवाले शुक्रकीट र भ्रुण भण्डारण गरेको १० वर्ष पूरा भएपछि प्रजनन प्रक्रिया अघि बढाउने वा भण्डारण गरिएका कोषहरू नष्ट गर्ने निर्णय गर्नुपर्छ।

डिम्ब, शुक्रकीट र भ्रुणको शीतभण्डारण गर्न एउटा आधुनिक चिस्यान पद्धति विकास गरिएको छ। जसअनुसार डिम्बको संरचना नबिगारी लामो समय सुरक्षित राख्न सकिनेछ।प्रस्तावित नयाँ कानूनले मानिसलाई सन्तान जन्माउन हतार गर्ने विद्यमान संस्कार अन्तय गर्ने स्वास्थ्यमन्त्री साजिद जाबिदले भने। ‘अब मानिसमा प्रजनन स्वतन्त्रता हुनेछ।’ मन्त्री जाबिदले भने। त्यस्तै, ब्रिटिश फर्टिलिटी सोसाइटीका अध्यक्ष डा. राज माथुरले नयाँ प्रस्तावको योजनाको स्वागत गरेका छन्।विज्ञहरुका अनुसार चाँडो डिम्ब शीतभण्डारण गर्ने महिलामा कृत्रिम गर्भाधान सफल हुन्छ।

के हो डिम्ब, शुक्रकीट र भ्रुणको शीतभण्डारण?
पछिसम्म प्रजनन क्षमता सुरक्षित राख्न महिलाको डिम्ब र पुरुषको शुक्रकीट वा डिम्ब र शुक्राणु निषेचन भएर बनेको भ्रूण चिस्याएर भण्डारण गरिन्छ।यस सुविधाले केही समयपछि सन्तान हुने सम्भावना कायम राख्छ। यस प्रक्रियामा इन भिट्रो फर्टिलाइजेशन (आईभीएफ) मार्फत् महिलाको १५ वटा डिम्ब भण्डारण गरिन्छ।तिनलाई तत्काल चिस्याएर तरल नाइट्रोजनको भाडामा सङ्गृहीत गरिन्छ। ती डिम्बलाई आवश्यकता पर्दा पग्लिन दिइन्छ। त्यसपछि यथारूपमा जोगिएका डिम्बलाई शुक्रकीटसँग सम्मिलित गरिन्छ।बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।