ताजा अपडेट »

चिकित्सा शिक्षा बिधेयकको बिरोधमा रुपन्देहीमा राँके जुलुस

शनिबार, १२ माघ २०७५, ०१ : २४
12 Shares

माघ १२,,
बुटवल । प्रतिपक्षको बिरोधका बाबजुद जबरजस्ती चिकित्सा शिक्षा बिधेयक सदनबाट पास भएपछि रुपन्देहीमा शुक्रबार साँझ नेपाली कांग्रेसले राँके जुलुस निकाल्यो । आफनो पार्टीको बिरोधका बाबजुद सरकारले जबरजस्ती चिकित्सा शिक्षा बिधेयक सदनबाट पास गरेको भन्दै नेपाली काँग्रेस रुपन्देहीले शुक्रबारलाई कालो दिनका रुपमा मनाउदै राँके जुलुस निकालेको हो ।


शुक्रबार साँझ ६ बजे जिल्लाका झण्डै आधा दर्जन स्थानमा राँके जुलुस सहितको बिरोध सभा सफलता पुर्वक सम्पन्न गरीएको काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताउनु भयो। काँग्रेसले बुटवलको राजमार्ग चौराह, भैरहवा, सैनामैना, देवदहको खैरेनी,तिलोत्तमाको मणिग्राम,लुम्बिनीको महिलबार र धकधहीमा काँग्रेसले राँके जुलुस सहित प्रदर्शन गरेको थियो ।
गरीव जनताका छोराछोरीलाइ समेत चिकित्सा शिक्षा अध्ययनमा पहुँच बिस्तार गर्ने गरी बिधेयक ल्याइनु पर्ने माग सहित डा.गोबिन्द केसी अनसन बसेकै बेला डा. केसी र नेपाली काँग्रेसले उठाएका जायज मागलाइ बेवास्ता गर्दै जबरजस्ती बिधेयक पास गरीनु दुर्भाग्यपुर्ण रहेको काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले बताउनु भयो । ‘बहुमतको दम्भ प्रदर्शन गर्दै जबरजस्ती सदनबाट बिधेयक पास गर्नु दुर्भाग्यपूूर्ण र लोकतन्त्र बिरोधी कदम भएको उहाले बताउनु भयो ।

काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले शुक्रबार सदनमा देखिएको दृष्यले लोकतान्त्रिक पद्दती र मुल्य मान्यताको धज्जि उडाएको बताउनु भयो ।बुटवल नगरसभापति खेलराज पाण्डेले शुक्रबारको सदनको दृष्यले संसदिय अभ्यासकै खिल्ली उडाएको भन्दै यस्ता गलत क्रियाकलाप बिरुद्ध काँग्रेसले सडकबाटै सरकारलाइ गतीलो जवाफ दिने बताउनु भयो । लुम्बिनीनका प्रदेश सांसद फकरुद्धिन खाँनले शासन बिधि र पद्यतीबाट चल्नु पर्नेमा ओली सरकार दम्भ र लहडमा चलेको आरोप बताउनु भयो । सैनामैना नगर सभापति रामप्रसाद अधिकारी र तिलोत्तमा नगरसभापति हरीलाल पाण्डेले ग्रामीण भेगका जनताले समेत ओली सरकारको पनपरीतन्त्र बुझीसकेकाले सरकार बिरुद्ध सडक संघर्षमा जान आम जनता तम्तयार रहेको बताउनु भयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।