१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

काठमाडौँ । जन्मिँदा विश्वकै सानो भनिएकी एक शिशु १३ महिना सिंगापुरको एक अस्पतालमा उपचारपछि घर फर्किएकी छन् ।

Advertisement

क्वेक यू सुवान जन्मिदा मात्र २१२ ग्राम, करिब एउटा स्याउको तौल बराबर, थिइन् । उनकी उचाइ मात्र २४ सेन्टिमिटर थियो । सामान्यतः ४० हप्तामा जन्मिनुपर्नेमा उनको जन्म मात्र २५ हप्तामा भएको थियो । टाइनिएस्ट बेबी रजिस्ट्रीअनुसार यसअघि सन् २०१८ मा अमेरिकामा २४५ ग्राम तौल भएकी शिशुको जन्म भएको थियो । 

आमालाई प्री–इक्लामप्सिया देखिएपछि यू सुवानलाई आपत्कालीन सी–सेक्सनबाट चार महिनाअघि नै जन्म दिइएको थियो । प्री–इक्लामप्सियामा उच्च रक्तचाप हुने गर्दछ जसले मानिसको महत्त्वपूर्ण अङ्गहरूमा क्षति पुग्न सक्छ । यसले आमा र बच्चा दुवैलाई खतरा हुने देखिएपछि समयअगावै शिशुलाई जन्म दिने निर्णय गरिएको थियो ।

अहिले भने यू सुवान निकै स्वस्थ छिन् । उनको तौल पनि अहिले ६.३ किलो पुगेको छ । उनको उपचारका लागि विश्वभरबाट २ लाख ७० हजार डलर सहयोग प्राप्त भएको थियो ।-बीबीसी

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य