ताजा अपडेट »

आज विश्व आदिवासी दिवस, विविध कार्यक्रम गरी मनाइँदै

शुक्रबार, २४ साउन २०७६, १२ : ३७
22 Shares

साउन २४,
ग्लोबल आवाज
बुटवल । आज विश्व आदिवासी जनजाति दिवस, नेपालमा पनि विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । २५ औं विश्व आदिवासी दिवसका अवसरमा ‘पहिचान, सह–अस्तित्व र अधिकार’ भन्ने मूल नाराका साथ रुपन्देहीमा पनि विविध कार्यक्रम गरी मनाउन लागिएको छ । ।


आदिवासी जनजाति महासंघ, रुपन्देहीको आयोजनामा बुटवल मण्डपमा विधि साँस्कृतिक कार्यक्रम सहित वृहत सभाको आयोजना गरिएको अध्यक्ष शंकर गाहाले जानकारी गराए । विभिन्न जातीय भेषभूषासहित बुटवल बहुमुखी क्याम्पसबाट शुरुभएको र्याली ट्राफिक चोक, पुष्पलाल पार्क, मिलनचोक, राजमार्ग चौराहा हुँदै नगरका विभिन्न ठाउँको परिक्रमा गरी बुटवल मण्डपमा वृहत सभाको आयोजना हुँदै छ ।

दिवसका अवसरमा महासंघल सप्ताहव्यापी आयोजना गरेको कार्यक्रमको समापन आज हुने छ । साउन १५ गतेबाट सुरु भएको महासंघको सप्ताहव्यापी कार्यक्रम अन्तरगत साउन १७ गते ‘स्थानयि तहको बजेटमा लक्षित वर्गको अवस्था र पहुच’ विषयक अन्तरक्रिया, १८ गते लुम्बिनी प्रादेशिक अस्पतालमा फलफुल वितरण, १९ गते विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, २० गते भ्रष्टाचार विरुद्ध हाफ म्याराथन प्रतियोगिता तथा २२ गते रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको महासंघले जनाएको छ ।


सप्ताहव्यापी कार्यक्रम अन्तरगत आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी तथा प्रतियोगिताका विजेताहरुलाई आजको मूल समारोहमा पुरस्कार तथा प्रमाण पत्र वितराणको कार्यक्रम समेत रहेको छ ।

बुटवल बहुमुखी क्याम्पसबाट सुरुभएको र्यालीको फोटो फिचर

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।