ताजा अपडेट »

लुम्बिनीका मुख्यमन्त्री पोखरेल विरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता हुँदै

मंगलबार, १९ साउन २०७८, १५ : ३२
6 Shares

बुटवल । लुम्बिनीका विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् । मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी रहेको नेपाली कांग्रेसका सांसद फखरुदिन खानले बताए ।‘ अहिले सबै दलको संयुक्त बैठक रहेको छ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दैै खानले भने ‘ आज कार्यालय समय भित्र अविश्वासको प्रस्ताव दर्ता हुन्छ ।’

यस्तै जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादवले पनि अविश्वासको प्रस्तावको विषयमा छलफल गरेर निर्णयमा पुग्ने बताए । ‘अहिले म बैठक स्थलमा आएको छु । ’ उनले भने ‘ अविश्वासको प्रस्ताव दर्ताको तयारीका लागि संयुक्त बैठक बस्न लागिएको हो, यसबारे बैठकले निर्णय गर्दछ ।’

यसअघि लुम्बिनीका विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनर्मोचाले २ पटक अविश्वासको प्रस्ताव दर्ता गरि सकेका छन् । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षीहरुले बैशाख ६ गते पहिलो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने दास्रो पटक बैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।