ताजा अपडेट »

फुटसल सञ्चालन गर्ने व्यवसायीको निर्णय

विहीबार, १४ साउन २०७८, २१ : ५७
6 Shares

काठमाडौं । फुटसल व्यवसायीको छाता सङ्गठन नेपाल फुटसल व्यवसायी संघले फुटसल पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेको फुटसल सञ्चालन गर्ने संघले निर्णय गरेको हो । संघले आज एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ का कारण निषेधाज्ञा जारी भएसँगै बन्द गर्नुपरेको फुटसल खोल्ने निर्णय गरेको जानकारी गराएको हो ।

संघका अध्यक्ष राज महर्जन र महासचिव मदन कोइरालाले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा निषेधाज्ञा खुकुलो बनाएको अवस्थामा सावधानी अपनाई खेल सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयसमक्ष अनुमति मागे पनि नपाएको उल्लेख छ । सानो समूहमा खेल सञ्चालन गर्ने, प्रतियोगिता नगर्ने, खेलाडीले सबै मापदण्ड अनिवार्य अपनाउने, साबुन पानीले हात धुने, शौचालयलगायत फुटसल सञ्चालन गरिएको क्षेत्रलाई कीटाणुरहित बनाउने, मास्क र स्यानिटाइजरको व्यवस्था गर्नेलगायत संघले प्रतिबद्धता जनाएको छ ।

जिल्ला प्रशासनले उदासिनता देखाएपछि बाध्य भएर सावधानी अपनाई फुटसल सञ्चालन गर्ने निणर्यमा संघ पुगेको विज्ञप्तिमा उल्लेख छ । सरकारले होटल, रेष्टुराँ, सार्वजनिक यातायातलगायत भिडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेलमा भने प्रतिबन्ध नै लगाएको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।