ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३९ बेडको क्याविन सेवा थप

बुधबार, १३ साउन २०७८, १६ : ०७
8 Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३९ बेडको क्याविन सेवा थप गरिएको छ । क्याविन सेवाका लागि अस्पताल विकास समितिले दुई वर्षअघि निर्माण गरेको भवनमा बुधबारदेखि औपचारिक रुपमा सेवा सुभारम्भ भएको हो ।

यस अघि १४ बेडसहितको क्याविन रहेको अस्पतालमा ती बेडहरुलाई कोरोना संक्रमितहरुको उपचार तथा आइसोलेशनका रुपमा प्रयोग गरिएको थियो । नवनिर्मित ५५ कोठाको भवनमा सेवाग्राहीका लागि ३९ वटा बेड रहेका छन् भने अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुका लागि छुट्टै ६ बेड गरी ५५ बेडमा क्याविन सेवा थप गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। राजेन्द्र खनालले बताए । क्याविन सेवा थप गरेसँगै निजी अस्पतालमा जाने सेवाग्राहीहरु समेत प्रादेशिक अस्पतालतर्फ आकर्षित हुने विश्वास व्यक्त गरे ।

३ करोड ९९ लाखमा निर्माण भएको भवनमा क्याविन सेवा शुभारम्भ गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले विशिष्ट सुविधासहितको सेवामा नयाँ आयाम थपिएको उल्लेख गरे । अस्पताललाई प्रादेशिक स्तरमा स्तरोन्नती गर्नका लागि डिपिआर निर्माण गरी आवश्यक कामहरु अघि बढिरहेका बेला यो सेवाले थप सहयोग गर्ने अपेक्षा गरे ।

थप गरिएको क्याविन सेवामा न्यूनतम १ हजार ५ सयदेखि ४ हजारसम्मका विभिन्न स्तरका सेवासहितको बेड उपलब्ध रहेको अस्पतालले जनाएको छ । क्यविन सेवामा एसी डिलक्स, एट्याच ट्वाइलेट बाथरुप लगायतका सेवाहरु रहेका छन् । यस क्षेत्रकै पुरानो तथा ठूलो अस्पतालका रुपमा रहेको अस्पतालमा थप भएको क्याविन सेवासहितका ३७५ वेड क्षमता रहेको छ । अस्पतालमा दैनिक हजार बढी सेवाग्राहीले सेवा लिइरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।