ताजा अपडेट »

ओलम्पिक प्रतियोगिताको औपचारिक उद्घाटन हुँदै

शुक्रबार, ०८ साउन २०७८, ०८ : ४७
2 Shares

काठमाण्डौं । जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । प्रतियोगिता आजदेखि सुरु भई आगामी अगस्ट ८ मा सकिने छ । प्रतियोगिताका लागि लाखौँ खेलाडी तथा खेल पदाधिकारीहरु टोकियो पुगिसकेका छन् ।

ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ। उद्घाटन समारोहमा खेलाडीको मार्च पाससहित विभिन्न कार्यक्रमहरु हुनेछ।ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । अघिल्लो वर्ष नै हुनुपर्ने टोकियो ओलम्पिक–२०२० कोरोनाभाइरसको महामारीका कारण एक वर्ष ढिला गरी अहिले हुन लागेको हो ।

नेपालबाट खेलाडीसहित २३ सदस्सीय टोली जापान पुगिसकेका छन् । नेपालकी जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकको पहिलो चरणमा रुसी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । ओलम्पिकमा महिलाको ४८ केजी तौल समूहमा सोनियाले प्रतिस्पर्धा गर्ने छिन् । सोनियाले रुसी खेलाडीसँग जुलाई २४ मा खेल्ने छिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।