ताजा अपडेट »

ट्याक्सीमा छुटेको २ लाख ५० हजार फिर्ता गर्ने चालक

विहीबार, १६ साउन २०७६, १७ : ३५
4 Shares

साउन १६,

काठमाण्डौं । आफ्ना यात्रुले ट्याक्सीभित्र छोडेर गएको २ लाख ५० हजार रुपैयाँ चालकले फिर्ता गरेका छन् । सिन्धुलीका ट्याक्सी चालक कुल बहादुर श्रेष्ठले रुकुम सिस्ने गाउँपालिका-२ का विवेक खड्काले उनको ट्याक्सीमा छोडेको २ लाख ५० हजार रुपैयाँ फिर्ता गरेका हुन् ।

खड्काले श्रेष्ठको बा २ ज ४१५५ नम्बरको ट्याक्सीमा २ लाख ५० हजार छोडेका थिए ।  बिहीबार बिहान सुन्धाराबाट न्यूरोड जाने क्रममा  उक्त रकम ट्याक्सीमा छुटेको थियो । श्रेष्ठले छुटेको रकम महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुझाएका थिए ।  प्रहरीले खड्कालाई उक्त रकम फिर्ता गरेको छ । खड्काले पैसा फिर्ता गर्ने ट्याक्सी चालकलाई धन्यवाद दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।