ताजा अपडेट »

कागजपत्र बिनाका भारतीय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा

मंगलबार, ०५ साउन २०७८, ०८ : ४१
6 Shares

परासी ।पश्चिम नवलपरासी प्रहरीले कागजपत्र बिनाका भारतीय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ । अपराध नियन्त्रण र शान्ति सुरक्षामा सहज ल्याउन भन्दै आइतबारदेखि जिल्ला प्रहरी कार्यालयले भारतीय नम्बर प्लेटका मोटरसाइकलसहित चारपाङ्गे सवारीसाधनलाई चेकजाँचमा कडाइ गर्न थालेको हो ।

आइतबार मात्र प्रहरीले ३० भन्दा बढी मोटरसाइकललाई नियन्त्रण लिएको छ । सीमावर्ती ग्रामीणदेखि शहरी क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारीसाधन छ्याप्छ्याप्ती सञ्चालन हुने गरेका छन् । सर्वसाधारणदेखि जिल्लाका नेताहरुले समेत भारतीय सवारीसाधन लिएर हिड्ने गरेका छन् ।

त्यसरी सञ्चालन हुने अधिकांश मोटरसाइकलमा कागजपत्र नरहेको र भन्सार सुविधा र सहुलियत बिनै खुलेआम चल्न थालेपछि सुरक्षा समितिको बैठकले अभियान नै सञ्चालन गरेर नियन्त्रण लिने निर्णय गरेको बताईएको छ ।

सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार र अन्य अपराधमा समेत भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रयोग हुने गरेको र कागपत्र केहि नहुँदा समस्या हुन थालेकाले कडाई गर्न मातहतका सबै युनिटलाई पत्रचार गरेको प्रहरी उपरीक्षक मनोज कुमार यादवले बताए। जेकजाँचमा पर्ने सबै भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि प्रहरीले तयार गरेको फर्मेट भर्न अनिवार्य गरिएको छ ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल