ताजा अपडेट »

मुख्यमन्त्री पोखरेल भन्छन् - फ्लोरक्रस अन्तरविरोधको निरन्तरता

सोमबार, ०४ साउन २०७८, ०९ : ३०
8 Shares

बुटवल । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभामा भएको फ्लोरक्रस नेकपा हुँदाकै शत्रुतापूर्ण बनेको अन्तरविरोधको निरन्तरता भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ सांसदले मत दिएका थिए ।

‘नेकपा हुँदाकै शत्रुतापूर्ण बनेको अन्तरविरोधको निरन्तरता हो, प्रतिनिधिसभा फ्लोरक्रसको घटना। अनुशासित र गतिशील पार्टी निर्माणमा जुटौँ।’ पोखरेलले सामाजिक सञ्जालमार्फत् भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।