ताजा अपडेट »

चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी,संसद चल्न नदिने कांग्रेसको चेतावनी

शुक्रबार, ११ माघ २०७५, ०५ : ३७
10 Shares

माघ ११,

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बाबजुद आज (शुक्रवार) दिउँसो १ बजे बैठक बस्न लागेको हो । 


कांग्रेस सांसदको अवरोधका बाबजुद सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । त्यस्तै आज बस्ने बैठकमा चिकित्सा विधेयक पारित गर्ने एक मात्र सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।  प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण गत सोमबार र मंगलबार बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन । 

कांग्रेसले पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट स्थापित अस्पताल कुन निकाय मातहत रहने सरकारले स्पष्ट नबनाएसम्म सदन चल्न नदिने अडान लिदै आएको छ । गत मंगलबार स्थगित भएको बैठक आजको लागि बोलाइएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।