ताजा अपडेट »

कोटेश्वरमा प्रचण्ड, नेपाल र विप्लवबीच भेटवार्ता

विहीबार, ३१ असार २०७८, ११ : २६
4 Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। बिहिबार बिहान कोटेश्वरस्थित नेपालको निवासमा तीन नेताबीच भेटवार्ता भएको हो । सुरुमा नेपाल र विप्लवबीच कुराकानी भएको थियो। त्यसपछि उक्त छलफलमा प्रचण्ड पनि सहभागि भएका हुन् । बैठकमा नेता धर्मेन्द्र बाँस्तोला पनि सहभागि छन् । 

अहिले तीन नेताबीच छलफल भैरहेको एक नेताले जानकारी दिए। यसअघि बुधबार विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । भेटमा विप्लवले प्रचण्डसँग तत्कालिन सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनबारे चासो व्यक्त गरेका थिए। शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले राजनीतिक भेट तीव्र बनाएका हुन्। चन्द ०७७ फागुन २१ गते राष्ट्रिय सभागृहमा पार्टीको तर्फबाट तत्कालिन ओली नेतृत्वको सरकारसँग ३ बुँदे सम्झौता भएपछि खुला राजनीतिमा आएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।