२५ श्रावण २०७९, बुधबार

Aug 10, 2022

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिहेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई छनोट गरेको थियो । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, नीरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवी पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदील राई रहेको छन् ।

बन्द प्रशिक्षणमा रहनुभएका खेलाडीमा अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहहेका छन् । साफ च्याम्पियनसीप आगामी सप्टेम्बर १४ देखि २५ तारिखसम्म बङ्गलादेशमा हुनेछ भने एशियन कपको अन्तिम छनोट सन् २०२२ को फेब्रुअरीमा हुनेछ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस लुम्बिनीमा दुई स्थानसहित सबै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइको तयारी आज र भोलि देशका केही स्थानमा हुन सक्छ भारी वर्षा नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ मतदाता नामावलीमा दाबी बिरोधका लागि भदौ १२ देखि १९ गतेसम्मको अवधि बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी चौराहा–गोलपार्क सडकः निर्माणमा देखिएका अड्चन हटाउने निर्णय लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही बुटवलमा जग्गा नापजाँचको काम शुरु सदभावको प्रतिक मोर्हरम पर्व, धुमधामका साथ मनाईयो थप १०९० जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ? डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह जिल्ला विकास समितिका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा