२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

साउन १२,
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत जोड्ने जलमार्गले दुई देशीय व्यापार अझ विस्तार हुने बताएका छन्। नेपाल-भारत लिजिष्टक समिटको आइतबार उद्घाटन गर्दै उनले भने, ‘वर्तमान अवस्थामा नेपाल-भारतबीचको दुई पक्षीय सम्बन्ध भनेको सडक सञ्जाल नै हो। हामी रेलमार्ग र जलमार्गबाट पनि दुई देशलाई जोड्न काम गरिरहेका छौं।’

‘जलमार्ग भनेकै दुई देशीय व्यापारका लागि हुनेछ’, उनले भने, ‘नारायणीमा निर्माण हुने जलमार्गबाट आयात–निर्यात मात्र हुनेछ। त्यसले दुई पक्षीय व्यापार अझ विस्तार गर्नेछ।’ काठमाडौं-वीरगञ्ज रेलमार्ग डिपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीले जानकारी दिए। नेपाल विकासशीलबाट विकसित मुलुकतर्फ फड्को मार्ने क्रममा रहेको भन्दै प्रधानमन्त्रीले त्यसका लागि भारतसँगको व्यापारको भूमिका महत्वूर्ण हुने जनाए। कार्यक्रममा भारत सरकारका वाणिज्य हेर्ने विशेष सचिव एन शिवशैलान समेत सहभागी छन्। उनले नेपाल–भारतबीचको व्यापार सम्बन्ध अझ सुधारेर अघि बढ्नुपर्नेमा जोड दिए।

manjeev singh puri indain
कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय राजदूत मञ्चिव सिंह पुरी

‘नेपालसँगको व्यापार सम्बन्ध अझ सुधार तथा विस्तार गर्नुपर्ने स्थिति छ’, उनले भने, ‘दुई पक्षीय व्यापार विस्तार गर्न भारत सधैँ तयार छ। त्यस्ता विषयहरूमा दुवै देशले छलफल र कुराकानीबाटै अघि बढ्नु पर्दछ।’ कार्यक्रमलाई भारतीय राजदूत मञ्जिवसिंह पुरीले पनि सम्बोधन गरेका थिए। उनले पछिल्लो समय नेपाल–भारत वाणिज्य सम्बन्ध राम्रो भइरहेको जनाए। पेट्रोलियम पाइपलाइन नेपालको आर्थिक विकासका लागि गेम चेञ्जर हुने उनको भनाइ थियो। ‘मोतिहारी–अमेलखगञ्ज पेट्रोलियम लाइन गेम चेञ्जर परियोजना हो’, उनले भने, ‘यसले नेपाल र तराईको विकासमा ठूलो भूमिका निर्वाह गर्नेछ।’ ट्रान्सफर्मिङ लजिस्टक ल्यान्डस्केप शीर्षकको सो समिटमा नेपाल तथा भारतका कार्गो व्यवसायी सहभागी छन्।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार