ताजा अपडेट »

अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाईते

मंगलबार, २९ असार २०७८, १४ : ४७
4 Shares

बागलुङ । बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । मंगलबार दिउँसो १:०५ बजेको समयमा बागलुङ नगरपालिका वडा नम्बर १ स्थित भुपिशेरचन राजमार्गमा मालढुङ्गातर्फ गईरहेको अटोरिक्सा अचानक पल्टिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बागलुङ बजारबाट मालढुङ्गातर्फ जाँदै गएको ध १ ह २ नम्बरको अटोरिक्सा अचानक सडकमा पल्टिन पुग्दा दुर्घटना भएको हो दुर्घटनामा चालक बागलुङ नगरपालिका वडा नम्बर ३ गुठी बस्ने ५८ वर्षीय दल बहादुर रुचाल टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको बताईएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १२ का ४२ वर्षीया मिना पौडेलको टाउकोमा चोट लागेको छ । काठेखोला गाउँपालिका वडा नम्बर १ करिना बस्ने वर्ष ३८ की सन्तु विकको दाहिने खुट्टा र ढाडमा चोट लागेको छ ।

काठेखोलावडा नम्बर १ कै १७ वर्षकी सुष्मा विकको चोट लागेको छ भने सोही स्थानकी ३१ वर्षीया गिता विकको ढाड र दाहिने हातमा चोट लागेको छ । घाईतेहरु सबैको धौलागिरि अस्पतालमा उपचार भैरहेको र उनीहरुको सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।