ताजा अपडेट »

चिकित्सा शिक्षा विधेयककाे ‘टुंगो’ लाग्छ :सरकारका प्रवक्ता

विहीबार, १० माघ २०७५, ११ : ४०
6 Shares

माघ १०,

काठमाण्डौं । सरकारले डाक्टर गोविन्द केसीका सबै माग पूरा भएको भन्दै आन्दोलनको कुनै अर्थ नभएको जनाएको छ । मन्त्रिपरिषदको बैठक सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले नागरिकमुखी चिकित्सा शिक्षा विधेयक संसदमा पेश गरेको भन्दै आन्दोलनको अर्थ नभएको बताएका हुन् ।

संसदबाट अब विधेयक फिर्ता हुने कल्पना पनि गर्न नसकिने भन्दै उनले विधेयक पास हुने ठोकुवा गरे । लोकतन्त्रमा संसदको बहुमतको सम्मान हुने भन्दै चिकित्सा शिक्षा विधेयकको टुंगो संसदले लगाउने पनि उनले बताए । डाक्टर केसीले नै विधेयक नपढेको हुनसक्ने भन्दै उनले विधेयक पूरै पढ्न पनि डा केसीलाई आग्रह गरे ।

‘डाक्टर केसीलाई हामीले संसदमा पेश भएकोभन्दा अर्कै विधेयक पो दिइएको छ कि भन्ने लागेको छ, डाक्टर सापलाई अनुरोध छ, कृपया विधेयक पढिदिनुस्, तपाइँले उठाएका सबै माग पूरा भएका छन’ प्रवक्ता बाँस्कोटाले भने ।

केसीको अनसनलाई कांग्रेसले राजनीतिकरण गरेको भन्दै उनले संसदमा हुलहुज्जत गर्ने र सभामुखलाई घेराबन्दी गर्नु लोकतान्त्रिक चरित्र नभएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।