२० आश्विन २०७९, बिहीबार

Oct 6, 2022

साउन ८,
काठमाण्डौं । ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतक बनाएपछि नेपालले आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ।

Advertisement

वर्षाले प्रभावित भएपछि ९ ओभरमा छोट्याइएको खेलमा ज्ञानेन्द्रले २० बलमै अर्धशतक बनाएपछि नेपालले ८४ रनको लक्ष्य ८ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो। पहिलो खेलमा कतारसँग हार बेहोरेको नेपालले पहिलो जितपछि २ खेलबाट २ अंक जोडेको छ र विजेता बन्दै ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कायम राखेको छ। मलेसिया समान २ अंक रहेपनि नेपाल रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ। २ खेलबाट अपराजित रहँदै ३ अंक रहेको सिंगापुर पहिलो स्थानमा छ। २ खेलबाट २ अंक जोडेको कतार चौथो र १ अंक जोडेको कुवेत पाँचौ स्थानमा छ।

ज्ञानेन्द्र र प्रदिप ऐरीले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार पारेका थिए। नियमित कप्तान पारस खड्काको अन्पस्थितीमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले २१ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा ५१ रन बनाए। यस्तै ज्ञानेन्द्र र प्रदिपको ६६ रनको साझेदारी टी २० आईमा नेपालले पहिलो विकेटको लागि गरेको उच्च साझेदारी हो। प्रदिपले १२ रन जोडे।

आठौं ओभरको अन्तिम बलमा विनोद भण्डारीलेले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन्। उनले ८ बल खेल्दै नटआउट १३ रन बनाए। मलेसियाका लागि मुहम्मद स्याहादतले ३ विकेट लिए। त्यसअघि इन्डियन एसोसिएसन ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो। मलेसियका लागि सायद अजिजले सर्वाधिक ३० र भिरनदिप सिंहले १५ रन बनाए। अजिजले १५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे। नेपालका लागि सोमपाल कामीले ३ तथा बसन्त रेग्मीले २ विकेट लिए। सन्दीप लामिछाने र करण केसीले १-१ विकेट लिए।

सोमपालले पहिलो ओभरमै दुई विकेट लिँदै नेपाललाई गतिलो सुरुवात दिलाएका थिए। तर आफ्नो दोस्रो ओभरमा भने उही केही महँगा बने। सोमपालले २ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका हुन्। करणले २ ओभरमा १२ रन मात्र खर्चे।

प्रतिकृया दिनुहोस्

Flash News

अष्टमीमा घरबाट निस्केका पाल्पाका २ युवाको दशैंमा शव फेला कसरी जुराइन्छ समुद्री आँधीको नाम ? आज पनि टीका लगाइँदै आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौँ आइपुग्ने रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको दुर्घटनामा मृत्यु गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा ) राम बन्न डराएका थिए प्रभास दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो इन्टरनेट जडान गर्ने क्रममा २४ वर्षीय निलमको मृत्यु जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते नेपाल थाइल्यान्डसंग पराजित तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी हिमपहिरोमा परी चार जनाको मृत्यु जसपाका केन्द्रदेखि नगरसम्मका नेताले गरे सामुहिक राजीनामा मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता-अभिनेत्री नातिनीको स्याहार पाउने १०१ वर्षीय भाग्यमानी बाजे !