ताजा अपडेट »

‘नो भ्याक्सिन, नो ट्याक्स’ नारासहित नवलपरासीमा युवाहरुको र्याली

शनिबार, ०५ असार २०७८, १५ : ०२
4 Shares

नवलपरासी । पश्चिम नवलपरासीमा स्वतन्त्र युवाहरुको समुह नवलपरासी युवा समाजले विभिन्न मागहरु राख्दै रामग्राम नगर क्षेत्र परिक्रमा गरेको छ । कारोना रोकथाम तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञाका कारण करदाताहरु मर्कामा परेको भन्दै नो ‘भ्याक्सिन नो ट्याक्स’ नारासहित र्याली गरेका हुन् ।

उनीहरुले यथासक्य छिटो भ्याक्सिनको व्यवस्था गर, लकडाउन अवधिभर कर मिनाह र राहतको व्यवस्था गर लगाएतका माग सहित नगरक्षेत्र परिक्रमा गरेका छन् । नगर क्षेत्र परिक्रम पश्चात परासीको वुद्धचोकमा भएको कोण सभामा वोल्दै नवलपरासी युवा समाजका संयोजक धमेन्द्र गिरिले बर्तमान समयमा करदाताहरु मर्कामा परेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराउन युवाहरुले आवज वुलन्द गर्नुपरेको बताए ।

अर्थतन्त्र चलायमान गराउन र आर्थिक विकास गर्न करदाताहरालाई नेपाल सरकारले प्राथमिकतामा राख्दै विभिन्न उत्प्रेरणामुलक योजनाहरुलाई आगडि बढाउनुपर्ने युवाहरुले बताएका छन् । रामग्राम नगरपालिकाबाट सुरु गरिएको परिक्रमा सहितको कोण सभा पश्चिम नवलपरासीका सबै पालिकाहरुमा गर्ने तयारी गरेको नवलपरासी युवा समाजले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।