१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

बुटवल । संयुक्त अधिराज्यभित्रकै दुई टिम भए पनि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इंग्ल्यान्ड र स्कटल्यान्डलाई दुई देशको मन्यता दिएको छ।फुटबलको इतिहासमा सन् १८७२ पछिका खरा प्रतिद्वन्दी मानिएका तिनै छिमेकी टिम स्कटल्यान्ड र इंग्ल्यान्डले आज लन्डनस्थित वेम्बली रंगशालामा प्रतिस्पर्धा गर्दैछन्।जारी युरोकपको समूह डीमा रहेका यी टिमले आज शुक्रबार राति पौने १ बजे वेम्बली रंगशालामा प्रतिस्पर्धा गर्दैछन्।

Advertisement

त्यसो त यी दुई टिमबीच हुने खेलमा जहिल्यै पनि वेम्बली रंगशाला जोडिएर आउने गरेको छ। किनेभने यी दुई टिमले त्यही मैदानमा ३२ पटक खेलिसकेका छन्। र, आज राति ३३ औं पटक खेल्न जाँदैछन्। ३२ खेलको आँकडा अधिराज्यका अन्य देशको तुलनामा झन्डै दोब्बर (उत्तरी आयरल्यान्ड र वेल्ससँग समान १८ पटक) हो।

अर्को रोचक कुरा चाहिँ यो रंगशालामा स्कटल्यान्ड र इंग्ल्यान्डबीच सम्पन्न यसअघिका कुनै खेल गोलरहित बराबरी भएका छैनन्। साथै इंग्ल्यान्ड र स्कटल्यान्डबीच अहिले हुन लागेको ११५ औं खेल हो भने प्रतिस्पर्धात्मक तालिकामा १०० औं खेल हो।

लामो समयसम्म प्रतिद्वन्दीका रुपमा रहेको यी दुई टिमले मोडर्न फुटबल सुरु भएपछि भने आपसमा कमै खेल खेलेका छन्। ठूलो प्रतियोगितामा यसअघि सन् १९९६ (युरोकप)मा इंग्ल्यान्ड र स्कटल्यान्ड भिडेका थिए। वेम्बलीमै भएको त्यो खेलमा इंग्ल्यान्डले २–० गोलको जित निकालेको थियो।

यता २१ औं शताब्दीमा इंग्ल्यान्ड–स्कटल्यान्डबीच चार खेल भएका छन्। जसमा १६ गोल स्कोर भएका छन्। ११ गोल इंग्ल्यान्डले गर्दा ५ गोल स्कटल्यान्डले गरेको छ। पछिल्ला ११ खेलको कुरा गर्दा स्कटल्यान्डले एक खेलमात्र जितेको छ। आठ खेल इंग्ल्यान्डले जित्दा दुई बराबरी भएका छन्। वेम्बलीमा स्कटल्यान्डले सन् १९९९ को नोभेम्बरयता जित निकालेको छैन।

अहिलेको युरोकपमा यी दुवै टिम समूह ईमा छन्। समूहको पहिलो खेलपछि चेक गणतन्त्र शीर्षस्थानमा छ भने पहिलो खेलमा क्रोएसियालाई हराएको इंग्ल्यान्ड दोस्रो स्थानमा छ। त्यस्तै पहिलो खेलमा चेक गणतन्त्रसँग हार बेहोरेको स्कटल्यान्ड तालिकाको पुछारमा छ।

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु