ताजा अपडेट »

आधिकारिकता दावी गर्न आयोगमा बाबुराम-उपेन्द्र

शुक्रबार, ०४ असार २०७८, १५ : ०७
8 Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दावी गर्न उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेको छ । जसपाका अध्यक्ष यादव अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतका नेतालाई लिएर शुक्रबार आयोग पुगेका हुन् ।

सो पार्टीको बिहिबार बसेको कार्यकारिणी समितिको बैठकले आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेलगत्तै उनीहरु निर्वाचन आयोगको कार्यालय गएका हुन् ।

सत्ता समीकरणका लागि दुई पक्षमा विभक्त जसपाको एउटा पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन् भने अर्कोको नेतृत्व यादवले गरिरहेका छन् । महन्त पक्ष अहिले प्रधानमन्त्री केपी शर्मा ओली नतृत्वको सरकारमा सहभागी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।