१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

काठमाडौँ । राष्ट्रिय महिला आयोगले तेजाब प्रहारबाट घाइते दीपिका विकमाथि तेजाब प्रहार गर्ने दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आवश्यक पहल गर्ने भएको छ । आयोगको टोलीले यही जेठ २९ गते तेजाब प्रहारबाट घाइते भएपछि कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गराइरहेकी विकसँगको भेटपछि आज विज्ञप्ति जारी गरी दोषीमाथि कारवाहीको लागि पहल गर्ने जनाएको हो ।

आयोगका सदस्य विद्याकुमारी सिन्हाको नेतृत्वको टोलीले घाइते विकलाई भेटी निजको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । आयोगले पीडित विकलाई लैङ्गिक हिंसा निवारण कोषबाट स्वास्थ्य उपचारको लागि आवश्यक सहायता रकम प्रदान गर्ने निर्णय निर्णय गरेको छ । सोही अवसरमा सदस्य सिन्हाले सहायता रकम बैंकमा जम्मा गर्नका लागि निजको नाममा बैंक खाता खोल्न आग्रह गर्दै अन्य आवश्यक सहयोगका लागि आयोगबाट आवश्यक सहजीकरण गर्ने कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटका क्रममा पीडित विकले ज्यान मार्ने प्रयास गर्ने आरोपित श्रीमान् दीपकलाई उचित सजायको माग गरेको आयोगले जनाएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीय विकलाई उनकै श्रीमानले तेजाब प्रहार गरेको पीडित बिकले बताउँदै आएकी छन् ।

जेठ २९ गते शनिबार श्रीमान् श्रीमतीबीच विवाद भएपछि श्रीमानले सुरुमा थप्पड हानेको र पछि तेजाब आक्रमण गरेको पीडित विकको भनाइ छ । आरोपित श्रीमानले चन्द्रपुर ४ मा सुनचाँदी पसल सञ्चालन गर्दै आएको र सोही पसलबाट तेजाब ल्याएको हुनसक्ने अनुमान गरिएको छ । सोही सन्दर्भमा केही समय अगाडि श्रीमान सन्तोष पन्तले ढोका बन्द गरी मट्टीतेल खन्याएर जलाएर सख्त घाइते बनाएकी डोटीकी लक्ष्मी भाटको स्वास्थ्य अवस्थाको बारेमा समेत टोलीले थप जानकारी लिएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु