ताजा अपडेट »

गुणस्तरीय मास्कले मात्रै भाइरस रोक्छ : अधिकारी

शुक्रबार, २८ जेठ २०७८, २१ : ५३
10 Shares

विश्वभर कोरोनाको महामारी छ । यसबाट जोगिनको लागि अहिलेको सबैभन्दा सजिलो र महत्वपूर्ण आधार वा सामग्री मास्क नै हो । यसै कुरालाई मध्यनजर गर्दै आम सर्वसाधारण मा मास्कको प्रयोग बढ्दो छ । हाल बजारमा विभिन्न किसिमका मास्कहरु उपलब्ध छन् । केही सर्जिकल मास्क छन् भने केही एन नाइन्टी फाइभ मास्क । अधिकांस आम सवर्साधारणले प्रयोग गर्ने मास्क सर्जिकल मास्कनै हो । यो मास्क पनि बजारमा विभिन्न प्रकारका पाईन्छन । सुरक्षित भनेर लगाएको मास्क सुरक्षित छ वा छैन यो महत्वपूर्ण कुरा हुन जान्छ । मास्कका प्रकार, प्रयोग र गुणस्तरको विषयमा रहेर सगुन ब्राण्डका मास्क उत्पादक एजी हेल्थ इन्डष्ट्रिज प्रा.लि.का म्यानेजिङ डाइरेक्टर
राजु अधिकारीसँग ग्लोबल आवाजका लागि आचार्य प्रदिपले गरेको कुराकानीः

कोरोनाको महामारी छ, हतियार मानिएको सर्जिकल मास्क कति प्रभावकारी छ ?
– कोरोना मात्रै होइन, अन्य समयमा पनि सर्जिकल मास्कको प्रयोग भइनै रहन्थ्यो । धुवाँ, धुलोबाट बच्नको लागि पनि यसको प्रगोग गरिन्थ्यो भने अस्पतालहरूमा अप्रेसन गर्दा, आइसियूमा रहेका बिरामी भेट्न जाँदा प्रयोग हुन्थे, चिकित्सकले मात्रै बढी प्रयोग गर्दथे । तर, कोरोना महामारी आएसंगैे यस महामारी बाट जोगिन सबैले यसको प्रगोग गर्नै पर्ने हुदा यसका प्रयोगकर्ता पहिले भन्दा निकै बढेका छन् । प्रभावकारिताको कुरा गर्दा यो मास्क प्रभावकारी नै छ । तर, सबै सर्जिकल मास्कले कोरोना वा अन्य कुनै भाइरस छेक्छन् भन्ने छैन। गुणस्तरीय मास्कको प्रयोग गरेमा यसको प्रभावकारिता उच्च हुन जान्छ ।

गुणस्तरीय मास्क भन्नुभयो, कुन गुणस्तरीय, कुन गुणस्तरहिन भन्ने कसरी छुट्टयाउने?
– बजारमा विभिन्न फ्याक्ट्रीबाट उत्पादन भएका मास्कहरु छन् । उपभोक्ताले प्रतिमास्क १० रुपैयाँ मा खरिद गरिरहेका हुन्छन् । सबै मास्क गुणस्तरीय नै छन् भन्ने हुँदैन । सामान्य रुपमा भन्ने हो भने थ्री लेयरको मास्कलाई गुणस्तरीय मानिन्छ । तर, थ्री लेयर भन्दैगर्दा प्रयोग गरिएका लेयरहरु केबाट बनेका हुन् भन्ने महत्वपूर्ण हुन्छ । खासगरी हामीले हातमा छोप्दा र हेर्दा नै छुट्टयाउन सक्छौँ । बाहिर पट्टीको भाग निलो, भित्र पट्टीको भाग सेतो र यी दुईको बीचमा भएको लेयरपनि सेतो छ र हेर्दा वारपार देखिँदैन भने त्यो गुणस्तरीय छ । यस्ता मास्क लगाउँदा पनि सहज हुन्छ । बजारमा केहि सस्ता मास्कहरु छन् । यी मास्कले अनुहार ढाक्नु, केहि मात्रमा धुवाँ–धुलो ढाकेपनि कोरोनाको लागि भने उपयुक्त हुँदैनन् । यस्ता मास्कपनि १० रुपैयाँमा बिक्री भइहेका छन् । ती मास्कहरु अन्य मास्को तुलनामा पातला पनि हुन्छन् । यसको उत्पादन मूल्य समेत अन्यमा मास्को तुलनामा ३० प्रतिशत सस्तो हुन्छ ।

तपाइँहरुले पनि ‘सगुन मास्क’ भनेर बजारमा ल्याउनु भएको छ, के यो गुणस्तरीय छ त ?
– अवश्य, हामीले उत्पादन गरेको मास्कमा हाम्रो लोगो छ । र लोगो सहितको मास्कमा कुनैपनि कमजोरी छैन । हामीले जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको कुरा हुनाले हाम्रो फ्याक्ट्री पनि निकै सफा राख्ने गरेका छौँ । उत्पादन प्रक्रियादेखि बजारमा पुर्याउँदासम्म हरेक कुरामा गुणस्तर कायमै राखेका छौँ । हुनत सबैले आफ्नो बस्तु राम्रो भन्छन्, तर म कारण र आधारसहित बताउन चाहान्छु ‘हामीले बनाएको थ्रीलेयर मास्क बाहिरको लेयर हाइड्रोफोविक नन ओभन २५ जि.एस.एम., बिचको लेयर मेल्टबर्न पेपर २५ जि.एस.एम.(जुन WHO को गाईड लाईन अन्र्तगत रहेको हुन्छ) र भित्र पट्टीको हाइड्रोफ्लिक SMMS २५ जि. एस. एम. नन ओभन बाट बनेको छ । मैले हाम्रो मास्कको उदाहरण दिँदा हाम्रो मास्कमा बाहिरबाट पानी धुलो–धुँवा केही छिर्न पाउँदैन । तर, हाम्रो मुखपट्टी रहने भागमा भने हाम्रो थुकको छिटा (मोइस्चर) छिरेर मेल्टवर्न पेपरको लेयरमा टाँसिन्छ, यसले श्वासमा भएको मोइस्चरले तपाइँको मास्क तुरुन्त भिज्दैन । त्यसैले यो मास्क कोरोनाको लागि निकै प्रभावकारी छ । अधिकासं बजारमा पाईने सस्ता मास्कहरु नर्मल नन ओभन प्रयोग गरि बनाईका र मेल्टबर्न पेपर समेत प्रयोग गरेका हुदैनन् ।

थ्री लेयर मास्क उत्पादन गर्ने सोँच तपाइँलाई कसरी आयो?
–एजी हेल्थ इण्डस्ट्रिज प्रा.लि.मार्फत हामीले पहिले दखिनै सगुन ब्राण्डको डाइपर तथा सेनिटरी प्याड उत्पादन गर्दै आइरहेका छौ । खासगरी मास्क, डाइपर र सेनिटरी प्याड बनाउन प्रयोग गरिने कच्चापदार्थ एकै प्रकारको हुन्छ । हामीले अघिल्लो वर्षदेखि नै मास्क उत्पादन गर्ने सोँच बनाएका थियौँ । तर, कोरोनाको महामारी आयो । तत्काल मेसिन आयात गरि काम सुरु गर्न गार्हाे भएकोले हामीले–२०७७ माघ महिनाबाट मात्र उत्पादन गर्न शुरु गर्यौं । यदी कोरोना नहुँदो हो त हामीले पनि सस्तो मास्क उत्पादन गर्दथ्यौँ होला । तर, कोरोना जस्तो महामारी रोक्न प्रयोग हुने कुरामा हामीले कुनै कुराको कन्जुस्याइँ र सम्झौता नगरी थ्रीलेयर सर्जिकल मास्कनै उत्पादन गर्न थाल्यौँ ।

मास्को मात्र उत्पादनको लागि कति लगानी गर्नुभएको छ ,यसको उत्पादन क्षमता र बजार मूल्य के–कस्तो छ ?
–हामीले डाइपर बनाउन प्रयोग हुने कच्चा पदार्थ पाइने स्थानबाट कच्चा पदार्थ मगायौँ । हामीसँग २ वटा अटोमेटिक मेसिनहरु रहेका छन् । मास्क उत्पादनको लागि मात्रै हामीले १० करोड बढीको लगानी गरिसकेका छौँ। यहाँ ३ पुरुष र १७ महिला गरी २० जनाले रोजगारी पाइरहनु भएको छ । हाम्रोमा अहिले २५० पिस प्रति मिनेट एउटा मेसिन अर्थात ५०० पिस प्रति मिनेट उत्पादन भइरहेको छ । यसको बजार मूल्य प्रति प्याकेट ३००–३५० रुपैयाँ पर्दछ।

पछिल्लो समय मास्क उत्पादन गर्दै आएको कम्पनीले वर्षौदेखि डायपर,प्याड लगाएतका स्वास्थ्य सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीको बारे छोटकरीमा के भन्नुहुन्छ ?
–हाम्रो कम्पनी एजी हेल्थ इन्डष्ट्रिज प्रा.लि. रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६, पर्दछ । यसमा हाम्री एकाघरका तीन दाजु–भाइको लगानी रहेको छ । हामीले विशेषगरी सगुन ब्राण्डमा डाइपर तथा सेनिटरी प्याड उत्पादन गर्दै आएका छौ, अहिले मास्क पनि थपेका हौँ । उद्योग २०६९ सालबाट स्थापना शुरु गरेका थियौँ । २०७० मा दर्ता प्रक्रिया र २०७१ बाट विधिवत उत्पादन शुरु गरेका हौँ । शुरुवातमा ६० करोड लगानी गरेपनि अहिलेसम्म आइपुग्दा कम्पनीमा करिब २ अर्बको लगानी भइसकेको छ । वार्षिक ४०–४५ करोडको कारोवार पनि गरिरहेका छौँ । अहिले केहि भएपनि शुरुवाती अवस्थामा भने निकै समस्या थियो । त्यतिबेला नेपालमा डाइपर भारत लगाएत तेस्रो मुलुकबाट आउँथ्यो, प्रतिष्पर्धा गर्न निकै गार्हाे थियो । अहिले स्वदेशी उत्पादनलाई माया गर्नेहरु बढेसँगै केहि सहज छ । तर, भारतबाट भित्रीएका डाईपरहरुको उत्पादन लागत हाम्रो भन्दा सस्तो हुने भएकोले पनि उनिहरुसंग प्रतिसप्रधा गर्नूपर्ने हुदाँ हामीले अत्यन्यै न्यून नाफामा काम गरिरहेका छौँ ।

कोरोना महामारी र मास्कको अनिवार्य प्रयोगसँगै सरोकारवालाहरुलाई के भन्नुहुन्छ ?

–सबैभन्दा पहिला सरोकार वाला निकाएले यी स्वास्थ्य क्षेत्रका लागि उत्पादित सामग्रीहरुको गुणस्तर परीक्षणमा ध्यान दिनुपर्ने हुन्छ । नियमित नियमन तथा अनुगमन पनि आवश्यक छ । जनताको स्वास्थ्य संग प्रतक्ष जोडीएको हुनाले उत्पादकले गुणस्तर पुर्याएका छन की छैनन् त्यो अनिवार्य नियमन हुनु पर्दछ । हामीले सफा र सुरक्षित गरेका छौँ । सबैले गरेका हुन्छन् भन्ने छैन् । अनुगमन हुँदा पत्ता लागेका गल्तीलाई सच्चयाउँदै अझै सुरक्षित बनाउन पहल हुन्छ ।
साथै ग्लोबल आवाजमार्फत सर्वसाधारणले मास्कको प्रयोग गर्दा केही रकम भन्दा पनि मुख्य गुणस्तर हेर्नुहुन आम प्रयोग कर्तालाई अनुरोध गर्दछु । र, अन्तमा सरकारले पनि स्वदेशी बस्तुको उत्पादनमा आत्मनिर्भर बन्नको लागि नेपालमै उत्पादन हुने स्वास्थ्य सामाग्रीहरुको कच्चा पदार्थको आयातमा हाल लागिरहेको कर पुनरावलोकन गरि कमगर्न सके स्वदेशी उद्योगहरुलाई पनि टेवा पुग्ने र बिदेसी उत्पादन संगपनि प्रतिसप्रधा गर्न सक्षम हुनेछन ।

https://www.youtube.com/embed/MsiHbq9YbQQ
आचार्य प्रदीप
लेखकको बारेमा
आचार्य प्रदीप