ताजा अपडेट »

नारीको वेदना

बुधबार, १९ जेठ २०७८, १७ : ०१
131 Shares

हेर एउटा नारी भएर जन्म,
बल्ल थाहा हुन्छ नारीको मर्म ।
एउटा नारी भएर हिड्दा,
बल्ल थाहा हुन्छ नारीको पीडा ।

नौ महिनासम्म कोखमा राखिदिन्छ जन्म उसैले,
सन्तानको रुपमा छोरा नपाउँदा घरबाट निस्किनुपछर्, उसैले,
दाइँजो नल्याएको निहुँमा झुण्डिएर मर्नुपर्छ उसैले ।
एउटा नारी भएर जन्म ।
बल्ल थाहा हुन्छ नारीको मर्म ।

छोराचाहि स्कूल जान पाउने रे
छोरी चाहीँ गोठालो जानुपर्ने रे,
छोराको हातमा किताब र कापी हुन्छ भने
छोरीको हातमा चाहीँ हँसिया र पिठ्यूँ डोको हुन्छ ।

एउटा नारी भएर जन्म।
बल्ल थाहा हुन्छ नारीको मर्म ।

एउटा नारी भएर हिड्दा
बल्ल थाहा हुन्छ नारीको पीडा र वेदना ।
रजस्वला हुँदा घर बस्न नमिल्ने रे,
रजस्वला हुँदा गोठमा गएर बस्नुपर्ने रे,
थाहा छैन कतिबेला सर्पले टोक्छ भनेर ।

अशिक्षित र अनपढले गर्दा नारीले भोग्नुपर्छ पीडा,
थाहा छैन कतिबेला बम्बइको कोठीमा बेचिन्छ भनेर ।
जब बम्बइको कोठीबाट निस्किन्छ,
त्यहि नारीले भोग्नुपर्छ पीडा ।

एउटा नारीलाई यो समाजमा हिड्न गार्हो छ,
आफ्नो अस्मितालाई जोगाए हिड्नुपरेको छ ।
थाहा छैन कतिबेला आफ्नो अस्मिता लुटिन्छ भनेर,
रोकिएको छैन नारी लुटिने घटना ।
त्यही नारी न्यायको ढोकामा पुग्दा भोग्नुपर्छ पीडा,
हेर एउटा नारी भएर जन्म
बल्ल थाहा हुन्छ नारीको मर्म ।
हेर एउटा नारी भएर हिड्दा
बल्क थाहा हुन्छ नारीको पीडा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।