ताजा अपडेट »

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत

मंगलबार, १८ जेठ २०७८, १२ : २१
2 Shares

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् ।मंगलबार सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसँगको छलफलपछि प्रधानन्यायाधीश राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका हुन् ।

एक साताभित्र संशोधनको प्रस्ताव ल्याइ पूर्ण इजलासबाट निर्णय गराइ न्याय परिषद्बाट पास गर्ने समझदारी बनेको र सोही अनुसार अदालतको संवैधानिक इजलास अघि बढाइने बारका अध्यक्ष शाक्यले जानकारी दिए । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ ९५० बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथिको सुनुवाइ गर्न गठित संवैधानिक इजलासका न्यायाधीशबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश जबरा र बारका पदाधिकारीहरुबीच मंगलबार छलफल भएको थियो ।

रिटमाथि सुनुवाइका लागि शुक्रबार प्रधानन्यायाधीश जबराले दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई समेटेर पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए । जसमा श्रेष्ठ र केसीमाथि विपक्षी गठबन्धनका कानून वकिलले प्रश्न उठाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।