ताजा अपडेट »

रिक्त पदमा कात्तिक मसान्तभित्रै उपनिर्वाचन

मंगलबार, १७ असार २०७६, ११ : १५
8 Shares

असार १७,
काठमाण्डौं । निर्वाचन आयोगले कात्तिक मसान्तभित्र विभिन्न तहका पदमा रिक्त रहेका ठाउँमा उपनिर्वाचन गरिसक्ने योजना बनाएको छ । यसका लागि तथ्याङ्क लिने, उप निर्वाचन सम्पन्न गर्नको लागि आवश्यक पर्ने समय र आवश्यक स्रोत साधन जुटाइरहेको आयोगले जनाएको हो ।

यसबारेमा सरकारसंग पनि कुराकानी भइसकेकाले कात्तिक मसान्तभित्र रिक्त रहेका ठाउँमा उपनिर्वाचन गरिसक्ने आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

प्रतिनिधि सभामा एउटा, प्रदेश सभामा ३ वटा, स्थानीय तहका प्रमुख र उपप्रमुख ५ वटा र वडाध्यक्ष करिब ४३ वटा पदमा विभिन्न कारणले रिक्त रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।