ताजा अपडेट »

आमाको स्वास्थ्य लाभको कामना गर्दै डिएसपी दम्पतीले गरे संक्रमितलाई सहयोग

मंगलबार, २८ बैशाख २०७८, १८ : ४६
8 Shares

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका ४ दोहोलीका एक परिवारमा श्रीमान श्रीमती दुबै नेपाल प्रहरीका डिएसपी रहेका छन् । हाल पाँचथर जिल्ला प्रहरी प्रमुख डिएसपी दानबहादुर थापा ( डिबि थापा) र प्रहरी प्रहरी प्रधान कार्यालयमा कार्यरत डिएसपी छिरिङ किप्पा लामा उनकी श्रीमती हुन् । उनिहरुले आज आमाको मुख हेर्नेदिन दोहोली स्थित आमा पूर्णदेवि थापाको सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै नेपाल पत्रकार महासंघ गुल्मीले सुरु गरेको अक्सिजन अभियानलाई १२ हजार ५ सय सहयोग रकम पठएका छन्।

आजै उनिहरुले उक्त रकम राष्ट्रिय बाणिज्य बैंक गुल्मी पठाएका हुन् । दोहोली स्थित डिलबहादुर थापाका छोरा डिएसपी थामा र उनकी श्रीमति डिएसपी शेर्पा क्रमश :१५ र १४ अघि नेपाल प्रहरिको ओफिसरमा प्रवेश गरेका थिए।

https://www.globalaawaj.com/archives/105640
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।