ताजा अपडेट »

अवरोधपछि सूचना टाँस गरेर संसद बैठक स्थगित

मंगलबार, ०८ माघ २०७५, १७ : १८
6 Shares

माघ ८,

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । मंगलबार दुई पटक बसेको प्रतिनिधि सभाको बैठक कांग्रेस सांसदहरुले लगातार अवरुद्ध गरेका थिए ।

दोस्रो बैठकलाई स्थगित गर्दै सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए । तर, तेस्रो बैठक बस्न सकेन । तेस्रो बैठक सूचना टाँसी स्थगित भएको हो । अर्को बैठक माघ ११ गते १ बजेका लागि बोलाइएको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।