ताजा अपडेट »

प्यारामाउन्ट माविको होस्टेलमा बस्दै आएकी एक छात्राको मृत्यु

शनिबार, ११ बैशाख २०७८, १७ : १७
16 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलमा अवस्थित प्यारामान्ट बोर्डिङ हाई स्कूलमा अध्ययनरत एक छात्राको स्वास्थ्यमा अचानक समस्या आएपछि मृत्यु भएको छ । कक्षा १० मा अध्यनरत प्रतिभा सापकोटाको मृत्यु भएको विद्यालयका सह-प्राचार्य लिलाधर किरातले जानकारी दिए ।

‘विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले होस्टेलमा बस्दै आएकी प्रतिभाले छाती दुःख्ने समस्या भएपछि उनको दाजुलाई लिन बोलाएर आज विहानै घर गएकी थिइन् ।’-ग्लोबल आवाजसँग कुरा गर्दै किरातले भने ‘एक्कासी स्वास्थ्य समस्या आएपछि उपचारका लागि मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जानकारी प्राप्त भयो ।’ विद्यालयले वैशाख १५ गते सक्ने गरी परीक्षा सञ्चालन गरीरहेको थियो । विद्यालयमा हाल ५० जना बढी होस्टेलमा बस्दै आएको उनले बताए ।

क्रिमशन अस्पतालले उपचारका लागि ती छात्रालाई ल्याइपुर्याउँदा मृत्यु भइसकेको जनाएको छ । मृत्यु हुनुको कारण बारे नखुलेको बताउँदै अस्पताल प्रशासनले छात्रालाई उपचारका लागि ल्याइपुुर्याउनु अघि नै मृत्यु भएको जनाएको हो । छात्राको मृत्यु बारे परिवारले भने केही कुरा बोल्न चाहेका छैनन् । इलाका प्रहरी कार्यालय मँगलापुरका अनुसार मृतक छात्राका आमा-बुवा जापान बस्दै आएका छन् भने उनी आफ्नो ठूलो बुवा-आमासँगै तिलोत्तमा-५ मणिग्राममा बस्दै आएकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।