६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

टोकियो ।जापानी प्रधानमन्त्री योशीहिडे सुगाले अमेरिकी औषधि निर्माता फाइजरलाई कोभिड–१९ खोपको थप आपूर्तिको लागि अन्य देशहरूभन्दा पछाडि पर्ने खोपको गतिलाई थप आग्रह गरेका छन् । व्हाइट हाउसमा राष्ट्रपति जो बाइडेनसँग कुराकानी गरेपछि सुगाले शनिबार आफ्नो वाशिंगटनको भ्रमणलाई फाइजरका मुख्य कार्यकारी अधिकारी अल्बर्ट बाउलासँगको फोन वार्तासँग अन्त्य गरेका हून् ।जापानका अधिकारीहरूले आइतबार जनाएअनुसार सुगाले बाउलालाई खोपको थप आपूर्तिको लागि अनुरोध गरेका थिए । जापानले खोपको आपूर्तिमा कुनै समस्या नआएमा आगामी सेप्टेम्बरसम्ममा खोप लगाउन योग्य नागरिकहरूमा खोप पुरयाउने बताएका थिए । उक्त अवसरमा प्रधानमन्त्री सुगाले खोपको निरन्तर र स्थिर वितरण सुनिश्चित गर्न आग्रह गरेको उल्लेख छ ।

अधिकारीहरूका अनुसार बाउलाले सुगासँग यस बिषयमा फाइजरले जापानी अधिकारीसँग छलफल गर्ने बताएके बुझिएको छ ।घरेलु खोप विकास अझै प्रारम्भिक चरणमा रहेको जापानमा खोपका लागि सहयोगी मुलुकबाट हुने आयातमा निर्भर हुनुपर्दछ र आर्थिक रूपमा शक्तिशाली मानिने यस मुलुकले फाइजर, एस्ट्राजेनेका र मोडर्नासँग सम्झौतामा हस्ताक्षर गरिसकेको छ । जापानले अहिलेसम्म फाइजरको खोप प्रयोगका लागि स्वीकृत गरिसकेको छ ।जापानको सरकारले ३१ करोड ४० लाख मात्रा आपूर्तिका लागि विभिन्न खोप निर्माण कम्पनीसँग सम्झौता गरेको छ भने फाइजरसँगबाट मात्र १४ करोड ४० लाख मात्रा खोप लिने सहमति भएको छ । हालसालै कोभिडका घटनाहरूमा देखिउको वृद्धिको कारण सरकारले टोकियो र नौ अन्य सहरी क्षेत्रहरूको लागि सतर्कताको स्थिति जारी गरेको छ । जापानले महामारी सुरूभएपछि हालसम्म कूल पाँच लाख २५ हजार २१८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ भने जापानमा कूल नौ हजार ५८४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार