ताजा अपडेट »

कांग्रेस सांसद माया राईविरूद्ध अदालतमा मुद्दा दर्ता

मंगलबार, ३० बैशाख २०८२, १७ : ५९
30 Shares
मंगलबार, ३० बैशाख २०८२
30 Shares

काठमाडौँ । कांग्रेस सांसद माया राईविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मंगलबार मुद्दा दायर सहमहान्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।

उनीविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो । राईविरुद्ध ३७ लाख बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

राईलाई वैशाख १३ गते राति कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो। स्वर्णलक्ष्मी सहकारी उनी मुद्दामा फरार रहँदै आएकी थिइन् । 

सत्ताको आडमा उनलाई पक्राउ नगरिएको भन्दै आलोचना हुँदै आएको थियो । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।