तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा ७ दिने नेतृत्व विकास तथा सार्वजनिक बोल्ने कला तालिम सम्पन्न भएको छ ।
महिला नेतृत्व मन्चले आयोजना गरेको उक्त तालिम समापन कार्यक्रममा बोल्दै नगरपालीकाका प्रमुख रामकृष्ण खांणले नगरभित्रका महिला दिदीबहिनीको सशक्तिकरणका .लागि यस्ता तालिम सहयोगी हुने बताए । उनले नगरपालीकाले वडासंग समन्वय गरि, विभिन्न संघसंस्थासंग मिलेर नेतृत्व विकासका कार्यक्रम गरिरहने जनाए ।
हामीले महलिाको क्षमता विकास गर्न सके, घर, समाज र राष्ट्रको विकास हुन्छ, उनले भने, त्यसैले यस विषयमा नगरपालीकाले सिप विकास संगै बोल्ने कलालाई पनि प्राथमिकतामा राखेको छ ।
कार्यक्रममा बोल्दै वडा न १४ का अध्यक्ष आश्विन पौडेलले वडा न १४ का अधिकांश महिलालाई यस तालिमले लाभ प्रदान गरेकोमा वडाका तर्फबाट संस्थालाई धन्यवाद ज्ञापन गरे । उनले वडामा रहेका विभिन्न आमा समुहका महिला दिदीबहिनीलाई अघि बढाउन सके, वडामा हुने कार्यक्रममा बाहिरका मानिस बोलाएर बोल्न लगाउनुपर्ने झनझट हट्ने, महिलाका लागि थुप्रै कार्यक्रम ल्याउन सकिने र आमा समुहमा किसेकाले अन्यलाई सिकाउन सक्ने बताए ।
तालिममा ७ दिन सम्म सिक्न पाउंदा खुसी लागेको र यसअघि आफुहरु माइक्रोफोन समात्न समेत नसक्ने तर अहिले पोक्त भएको महशुस गरेको प्रशिक्षार्थीले अनुभव साटे ।
महिला नेतृत्व मन्चकी अध्यक्ष बाला कुमारी घिमिरेले संस्था नहुंदाका दिनमा पनि आफुले महिला दिदीबहिनीका लागि आवाज उठाएर अघि बढाउन सकिने कार्यक्तम गरेको सम्झंदै संस्थागत रुपमा जांदा केही थप जिम्मेवारी र धेरै महिलालाई समेट्न सकिने अनुभव बटुलेको बताइन् ।
उनले आफुहरुले गरेका हरेक तालिम र कार्यक्तमबाट महिलाहरुले लाभ पाइरहेकाले यस्ता कार्यक्रम गर्न आफुहरु लागिरहने बताइन् । कार्यक्रम संस्थाकी सचिव कोपिला काफ्लेको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया