ताजा अपडेट »

बुटवलबाट नारायणगढ जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ३१ जना घाइते

शनिबार, ०४ बैशाख २०७८, २० : १९
4 Shares

बुटवल । बुटवलबाट नारायणगढ जाँदै गरेको यात्रुवाहक बस दाउन्नेमा दुर्घटना भएको छ ।

शनिवार साँझ ना ५ ख ७००० नम्बरको बस विनयीत्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित राजमार्गबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बसमा सवार ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २१ जनाको डण्डा अस्पतालमा उपचार भइरहेको र अन्य घाइतेलाई उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।